Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

नेपालमा जलचराको सङ्ख्या घट्दै : विषादीको प्रयोग र जलवायु परिवर्तन मुख्य कारण

काठमाण्डाै – नेपालमा जलचराको सङ्ख्या घट्दै गएको छ । प्रजातिमा कमी नदेखिए पनि सङ्ख्यामा भने कमी हुँदै गएको हो ।

ताल, तलाउ, पोखरी, नदीनाला, जलाशय, सिञ्चित क्षेत्र, घाँसे मैदान जस्ता सिमसार क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो धेरै समय बिताउने आश्रित चरालाई जलपक्षी वा पानी चरा भनिन्छ।

राप्ती नदी र चितवन आसपास क्षेत्रमा जलपक्षी गणनामा संलग्न ‘बर्ड एजुकेशन सोसाइटी’का अध्यक्ष रमेश चौधरीले यसपालि त्यस क्षेत्रमा केही नयाँ प्रजातिका चरा देखिए पनि सङ्ख्या भने घट्दो अवस्थामा रहेको बताउनुभयो ।

यो  क्षेत्रमा गएको वर्ष ५५ प्रजातिका नौ हजार ५ सय ६५ चरा फेला परेका थिए । उहाँका अनुसार बासस्थानमा बढ्दो मानवीय गतिविधि, विषादीको प्रयोग, अवैध चरा सिकार तथा व्यापार, बदलिँदो तापमान र जलवायु परिवर्तन जस्ता कारणले पनि जलपक्षी विस्थापित हुँदै गएका छन् ।

उहाँले यकिन तथ्याङ्क भने सबै गणना सम्पन्न भएपछि मात्रै भन्न सकिने बताउनुभयो । नेपालमा अभिलेख भएका ८ सय ८९ प्रजातिका चरामा २ सयको हाराहारी जलपक्षी छन् । तिनमा पनि झण्डै १ सय प्रजाति हिउँदे आगन्तुक चरा रहेका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP