Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

मध्यपुरथिमिको मनोहरा क्षेत्रमा लोपोन्मुख लोभीपापी गरुड भेटियो

भक्तपुर – मध्यपुर थिमि–८ बोडेमा मिनी कोसीटप्पुले परिचित मनोहरा क्षेत्र र यस वरपर विश्वमै लोपोन्मुख गरुढ भेटिएको छ । 

ख्यातिप्राप्त वन्यजन्तु फोटोग्राफर तथा पक्षीप्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले काठमाण्डौको शालीनदी क्षेत्रबाट बोडेको मिनी कोसीटप्पुसम्म गरेको चरा गणना एवम् खोज तथा अनुसन्धानका क्रममा लोभीपापी गरुढ फेला परेको हो ।

गणनाका क्रममा अर्को लोपोन्मुख चरा गोमायू महाचील २५ वटाको सङ्ख्यामा साथै विभिन्न १०६ प्रजातिका चरा फेला परेको टोलीले जनाएको छ ।

टोलीले हिउँदे आगन्तुक पानी चरासँगै त्यस क्षेत्रमा पाइने रैथाने चराको गणना गरेको हो । श्रेष्ठ नेतृत्वको टोलीमा रामचन्द्र मोयं श्रेष्ठ, गोपी श्रेष्ठ, पेम्बा शेर्पा, सुगम ताम्राकार, सत्यम पाठक र आयुशा पौडेललगायतका पक्षीप्रेमी तथा वन्यजन्तु फोटोग्राफरको सहभागिता थियो ।

टोलीले नेपाल पक्षीविज्ञ सङ्घ, वेटल्याण्ड इन्टरनेशनल, हिमालयन नेचुरल, जेडएसएल, नेपाल पक्षी संरक्षण सङ्घ, पोखरा पक्षी समाज, कोसीटप्पु वर्ड वाचिङक्याम्प प्रालि र नर्थप्वाइन्ट मल प्रालिको संयुक्त सहकार्यमा पक्षी गणना गरेको हो ।

प्रत्येक वर्ष जाडो छल्न मङ्गोलिया, साइबेरिया, तिब्बत र युरोपबाट जलपक्षी चरा नेपाल आउने गरेका छन् । विश्वव्यापी समस्याका रूपमा देखापरेको जलवायु परिवर्तनका कारण चराको बसाइँसराइमा पनि प्रभाव पारेको छ ।

बसाइँसराइ गरी नेपालका विभिन्न सिमसार तथा टतीय क्षेत्र, नदी किनारमा जाडो छल्न तथा बच्चा हुर्काउन आउने चराको पछिल्लो अवस्थाका बारेमा अभिलेखीकरण गर्ने उद्देश्यले मनोहरा क्षेत्रमा चरा गणना गरिएको संयोजक श्रेष्ठले बताउनुभयो।

तीन दिनसम्म चलेको गणना कार्यक्रममा कतिपय अघिल्ला वर्षमा देखिने गरेका चरा यस वर्ष नदेखिएको र कतिपय नयाँ प्रजातिका चरा पनि देखिएको श्रेष्ठको अनुभव छ । ‘चराको बासस्थान दैनिक जोखिममा पर्दै गएको छ । यस्तै अवस्था रहे यस वर्ष देखिएका चरा अर्को वर्ष नदेखिन सक्छ’, श्रेष्ठले भन्नुभयो ।

बढ्दो हरित गृह उत्सर्जन, सहरीकरण र प्रदूषणका कारण पछिल्लो समय चराको बसाइँसराइ, आवतजावतमा परिवर्तन र असरहरू देखिँदै आएको टोलीमा संलग्न ख्यातिप्राप्त अर्का वन्यजन्तु फोटोग्राफर सुगम ताम्राकारले बताउनुभयो ।

सरकारी निकायबाट अहिले देखिएको समस्या समाधानमा तत्परता देखाउनुपर्नेमा गणना कार्यमा सहभागी सदस्यले जोड दिनुभएको छ । यसका साथै पालिका र स्थानीय बासिन्दाको पनि आगन्तुक पानीचराको संरक्षण कार्यमा उत्तिकै भूमिका हुने सहभागीहरू बताउँछन् ।

जनचेतना अभावमा कतिपय स्थानीयवासीले आगन्तुक पानीचराको अवैध शिकार गर्ने, बासस्थानमा नोक्सान पुर्याउने आदि कार्य हुँदै आएकाले स्थानीयवासीमा यसबारे जनचेतना फैलाउन सके ठूलो टेवा पुग्ने उनीहरूको तर्क छ ।

मध्यपुरथिमिको बोडेमा रहेकाे मनोहरा नदीको तटीय क्षेत्र पछिल्लो समय मिनी कोसीटप्पुको नामले ख्याति कमाउँदै गए पनि पालिकाले संरक्षणको नीति ल्याउन सकेको छैन । त्यही क्षेत्रमा तीव्ररुपमा सहरीकरण वृद्धि भइरहेको छ ।

मध्यपुरथिमि नगरपालिकाले पनि त्यस क्षेत्रमा रशेका बसोबासलाई व्यवस्थित सहरीकरण गर्ने उद्देश्यले जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

मनोहरा क्षेत्रमा पक्षी पर्यटनको प्रचुर सम्भावना भए पनि बढ्दो सहरीकरणले यसलाई जोखिममा पारेको संयोजक श्रेष्ठले बताउनुभयो ।

‘नदी वरिपरि तीव्रगतिमा बढिरहेको सहरीकरण र यसले पारेको प्रदूषणका कारण माछा, भ्यागुतालगायत किराफट्याङ्ग्रा आदिको कमी हुन गइ यसरी आवधिक बसाइँसराइ गरी आउने चरा ठूलो सङ्ख्यामा कमी आएको देखिन्छ’, उहाँले भन्नुभयो ।

तटीय क्षेत्रमा मानवीय गतिविधि वृद्धिलगायत ठूलो समस्याका रूपमा रहेको बालुवालगायत नदीजन्य पैदावारको अवैध दोहनले पनि आगन्तुक पानीचराहरू ठूलो समस्यामा परेको उहाँले बताउनुभयो ।

मनोहरा नदीमा दैनिक हुने गरेको बालुवाको चोरी निकासी, फोहर फाल्ने प्रवृत्ति, पानीको प्रदूषण, चराको बासस्थान नष्ट गर्ने प्रवृत्तिले गर्दा पनि पानीचराको बासस्थान जोखिममा परेको श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP