Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

चीनबाट झण्डै १२ लाख डोज भेरोसेल खोप आइपुग्यो

काठमाडौं ः चीनबाट झण्डै १२ लाख डोज कोभिडविरुद्धको भेरोसेल खोप आइपुगेको छ।  एसियाली विकास बैंकको ऋण सहयोगमा मंगलबार भेरोसेलको ११ लाख ८४ हजार खोप आएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए।

हालसम्म नेपालमा विभिन्न मुलुकबाट भेरोसेल, कोभिसिल्ड, अस्टाजेनेका, फाइजर, मोर्डना, जोनसन गरी चार करोड ३ लाख ८७ हजार ९२७ मात्रा खोप भित्रिएको छ।

खोप अभियान सुरु भएदेखि हालसम्म दुई करोड ६४ लाख पाँच हजार २१० मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हालसम्म लक्षित समूहको ७६ दशमल २ प्रतिशतले एक मात्रा र ५६ दशमलव ४ प्रतिशतले पूर्ण खोप लगाएको सरकारी तथ्यांक छ। त्यस्तै कुल जनसंख्याको ४९ दशमलव ९ प्रतिशतले एक मात्रा र ३७ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन्।

सरकारले आगामी माघ महिनादेखि लक्षित समूह निर्धारण गरी भेरोसेल खोपको अतिरिक्त डोजसमेत दिने तयारी गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP