Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

३२ घर परिवारलाई राहत सामाग्री वितरण

कपिलवस्तु- एक साता लामो लकडाउनमा परेको कपिलवस्तु गरिब किसान तथा मजदुरहरुले राहत पाएपछी ३२ घर परिवार खुशी भएका छन । नेपाल सरकारले लागु गरेको लकडाउनको चपेटामा परेका कपिलवस्तुका गरिब घरपरिवारलाई राहत वितरण गरिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका भित्र रहेका अति विपन्न परिवारले राहत पाएपछी खुशि भएको बताएका छन ।

शिवराजका केही युवाहरुलृ अति विपन्न परिवारको छनौट गरि ३२ घर परिवारलाई राहत सामाग्री वितरण गरेका छन । शिवराज नगरपालिकाको चन्द्रौटा, कुदरवेटवा, सौनी, बरगदवा, गडगौडा, डिहवा, चनई, पर्शिया, बनकटी लगायतका गाँउका ३२ घर परिवारलाई राहत वितरण गरिएको युवा समाजसेवी मेनाज खानले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमण्बाट बच्नका लागि जारी लकडाउन खाद्यन्न अभाव भएका कपिलवस्तुका ३२ घर परिवारलाई राहत वितरण गरिएको खानले बताउनुभयो । गरिब परिवारलाई चामल,पिठो, दाल, नुन, तेल, मसला, आलु, सोयाविन र साबुनको पोका बनाएर वितरण गरिएको छ ।सो राहत वितरण कार्यमा शिवराजका शाहबाज खान, खुवेब खान, जमाल खान, अनवर खान प्रवेज खान लगायतले सहयोग गरेको मेनाज खानले बताउनु भयो । समाजसेवी खानले गरिब दुखीलाई सहयोग गर्नका लागि आफुहरु तल्लीन रहेको बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP