Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

वडाको कठोर निर्णय : विदेश वाट आएका लुकिछिपी बसे कारवाही

माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा
शिवराज नगरपालिका वडा न ३ ले कठोर निर्णय गरेको छ । वडा कार्यालयमा बसको सर्वदलिय बैठकले कारोना भाइरसका सक्रमण देखिएपछी विदेशवाट आएका नागरिकहरु लुकिछिपी बसेमा कारवाही गर्ने निर्णय गरेको छ । वडाले एक सुचना जारी गर्दै विदेशवाट आएका नागरिकहरुलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको छ । सानो लापरवार्हीले ठुलो संकट निम्त्याउन सक्ने भएकाले स्वास्थ्य संस्था तथा वडामा उपस्थित भएर स्वास्थ्य चेकजाँच गर्न आग्रह गरेको हो । हालसम्म वडामा विदेश वाट आएका ७२ जना सम्पर्कमा आएका छन् ।
अहिले सम्म वडाका कुनै पनि नागरिकहरु क्वारेनटाइनमा बस्नुपर्ने अवस्था नरहेको वडा अध्यक्ष टेकलाल सापकोटा बताउनुभएको छ । “विदेश वाट आएका नेपाली नागरिकहरुले वडामा सम्पर्क गरेमा उनीहरु वडाको निगरानीमा हुन्छन्, सापकोटाले भन्नुभयो “भारत तथा तेस्रो मुलुकवाट आएका सबैको स्वास्थ्य जाँच गर्न आवश्यक छ, ।”
कोराना भाइरस नियन्त्रणको लागि वडाले राहतको प्याकेज बनाउने तयारी गरेको छ । त्यस्तै वडाले वडा भित्रका सबै गाउँलाई समेटेर ३ वटा टोल समन्वयन समिति गठन गरेको छ । उक्त समितिले दैनिकि ज्यालादारीमा काम गर्ने तथा विपन्न परिवारहरुको लगत संकलन गरेको छ । वलुहवा टोल समन्वयन समिति मार्फत ७६ परिवार,मदवा टोल समिति मार्फत १ सय २४ र खरेन्द्रपुर टोल समन्वयन समिति मार्फत १ सय परिवार रहेको तथ्याङ्ग आएको अध्यक्ष सापकोटाले बताउनुभयो । नगरले राहतको प्याकेज तयार गर्ने अवस्थामा रहेको बताउदै त्यसमा वडाले पनि थप गर्ने उहाँले बताउनुभयो । कोहि पनि भोक भोकै बस्ने अवस्था आउन नदिने अध्यक्ष सापकोटाको भनाई छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP