माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा,१८ चैत
भारत सँग जोडिएको स्थानिय तहले निर्माण गरेका क्वारेन्टाइन भरिभारउ भएका छन् । भारत बाट आएका सबै नागरिकहरुलाई क्वारेन्टाइनमा राख्न थालेपछी वेडको अभाव हुन थालेको छ । सिमा सँग जोडिएको कपिलवस्तको बिजयनगर गाउँपालिकाले १ सय १७ वेडको व्यवस्थापन गरेको भएपनि १ सय ३ जना क्वारेनटाइनमा बसेका छन् । खुल्ला सिमानाका ले गर्दा भारतवाट भागेर आउनेको सख्या दिनप्रतिदिन बढेकोले ति नागरिकहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।
जवावैराठ,डालपुर,ठाकुरापुर लगाएत विभिन्न ठाउँवाट नेपाली नागरिकहरु आउने गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ अधिकारीले बताउनुभयो । सुरुमा १६ वटा मात्र वेड राखेको भएपनि नागरिकहरु बढेकोले वेडको सख्या बढाइएको उहाँले बताउनुभयो । अहिले गाउँपालिकामा रहेको ३ वटा माध्यमिक विद्यालयका कक्षालाई क्वारेनटाइन बनाइएको छ । ठाउँको अभाव हुदाँ त्यसैले विद्यालयलाई प्रयोग गरेको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताउनुभयो । उनीहरुको खानपानको व्यावस्था गाउँपालिकाले गरेको छ ।
त्यस्तै जिल्लाको शुद्धोधन गाउँपालिकाले निर्माण गरेको ६० वेडको क्वारेन्टाइनमा ४९ जना रहेका छन् । महाराजगञ्ज नगरपालिकाले तयार पारेको ८० वेडमा ७० जना रहेका छन् । शिवराज नगरपालिकाले निर्माण गरेको १९ वटा वेडमा १५ जना रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । दैनिक रुपमा क्वारेन्टाइनमा बस्नेको सख्या वढिरहेकोले वेडको सख्या थप गर्ने योजना रहेको उहाँले बताउनुभयो । “क्वारेन्टाइनमा अधिकांश भारतवाट आएका नागरिक छन् ,अव नगरका अन्य तिन ठाउँमा क्वारेन्टाइन स्थापना गर्ने तयारीमा छौ” पौडेलले भन्नुभयो “सवैको अवस्था सामान्य छ ।”
सिमा सँग जोडिएको कृष्णनगर नगरपालिकाले क्वारेन्टाइन वेडको सख्या बढाउने तयारी गरेको छ । नगरले सबै वडामा क्वारेन्टाइन कक्ष निर्माण गरेको र भारत वाट आउने नेपालीहरुलाई सुरक्षीत साथ उनीहरुको जिल्लामा प्रयाएको नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयो । जिल्लाका १० स्थानिय तहमा ५ सय ६ वेडहरु रहेका छन् । मंगलवार सम्म ३ सय ७३ जना क्वारेन्टाइनमा रहेको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनुयभो । अहिले सम्म सबैको अवस्था सामान्य रहेका उहाँले जनाउनुभयो । जिल्लामा ८ वटा आइसुलेसन कक्ष रहेका छन् । क्वारेन्टाइनमा बसेको कसैलाई पनि आइसुलेसनमा राख्ने अवस्था नआएको पौडेलले बताउनुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया