Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

विजयनगरले ८ सय ५३ घरपरिवारलाई खाद्यान्न वितरण गरिँदै

–विजयनगर

विजयनगर गाउँपालिकाले ८ सय ५३ घरपरिवारलाई खाद्यान्न वितरण गर्ने कार्य विहिवारदेखि सुरु गरेको छ । गाउँपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा लकडाउन अवधीभर गाउँपालिका भित्रका गरिब, विपन्न, तथा मजदुर वर्गका घरपरिवारलाई राहत वितरण गर्न लागेको हो ।
आजै गाउँपालिकाको वडा नं. ६ मा १ सय २७ घरपरिवालाई खाद्यान्न वितरण गरिएको छ । गाउँपालिकाले चार जनासम्म परिवार संख्याको लागि १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नुन र आधा किलो सोयाविन वितरण गरिदैँ छ ।

यस्तै ५ जना भन्दा माथि परिवार संख्या भएको घरपरिवारलाई २० किलो चामल, ३ किलो दाल, २ लिटर तेल, २ किलो नुन र आधा किलो सोयाविन वितरण गर्न लागेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनु भएको छ ।

राहत लिन आएका सम्पूर्ण सर्वसाधारणलाई मास्क वितरण गर्दै सुरक्षित र लकडाउनको पालना गर्न गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP