Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

महाराजगंज ७ मा राहत वितरणमा अनियमितता :स्थानीय आन्दोलित

शहवाज खान ,कपिलवस्तु,

नेपाल सरकार मंत्री परिषदको निर्णयनुसार अति बिपन्न वर्गका लागि लागत संकलन गरि गाऊपालिका नगरपालिका ले प्रदेश सरकार संग समन्व्य गरि राहत वितरण गर्ने निती रहेको हुदा कपिलवस्तुको महराजगंज नगरपालिका वडा नं. ७ मा राहत वितरणमा अनियमितता देखीएको स्थानिए जनताले गुनासो पोखेका छन्।

त्यहाका वडाध्यक्षले आफ्नो आसे पासे लाई राहत वितरण गर्दा कोरोना भाईरसको उच्च जोखिम रहदा रहदै पनि त्यहां का जनता उक्त राहत वितरणको अनियमितता प्रति आन्दोलित भएका छन्। समाचार संकलन गर्ने क्रममा सोहि वडाका उपविजेता रहेका बुद्धि सागर शुक्ला ले सरकार को निती र निर्देशन लाई ख्याल नगरि भूमिहिन लाई राहत दिनु पर्नेमा जग्गाधनीहरू लाई वितरण भएकाे राहतका कारण हामी आफ्नो ज्यानको समेत प्रवाह नगरि यस्तो परिस्थितीमा वडाकार्यलयको साचो खोसी केही घण्टा पछि कुशहवा बढनी प्रहरी चौकाका इन्चार्ज प्रहरी सहायक निरीक्षक विनय श्रीवास्तव लाई दिन बाध्य भएको र साथै सरकार संग उक्त राहत वितरण अनियमित्ताको छानबीन गरी दोषी माथि कडा कार्वाहि गर्न सरकार संग माग गर्दछौं ।त्यही सम्बन्धमा त्यहाका अर्का वडाध्यक्ष प्रत्यशी रामरुप बढाई ले हामी ले दिएको कर (ढुकुटी) लाई वडासमिती का पदाधिकारी हरुले मनमानी ढंगले वितरण गरिएको राहत वास्तविक गरिब ले पाउनु पर्ने तर कुनै मापदंड न बनाई होचुवाको तालमा राहत बितरण कार्य प्रति घोर बिरोध गर्दै उक्त प्रक्रियाको छानबिन गरि वितरण गरिएको राहत सामग्री वडाध्यक्ष बाट वशुल गरि कार्यवाही गर्न नेपाल सरकार एंव सम्बन्धित निकाय संग जोडदार माग गरे।

सोहि सम्बन्धमा वडाका समाजसेवी उमा प्रसाद चतुर्वेदी ले त्यहां काम गर्ने वडा सचिव सम्बंधित वडाकै भएकाले धेरै वर्ष देखि काम गर्दै आएको निज को काम गर्ने हेप्ने र मनमानी तरिका बाट हामी आजीज भई सकेको र राहत वितरण को खाका माग्दा दिदैन भन्ने जवाब वडा सचिवले गैर जिम्मेवार जवाफ दिए । निज लाई त्यहा बाट सरुवा गरि स्वातन्त्र रुपले निश्पक्ष जांच गराई वितरण भएको राहत गरिब मुखी न भएर पूजीपति हरु हाबी भएका ले सम्पूर्ण प्रक्रिया को वास्तविक जांच गरि कार्वाही गर्न सरकार संग जोड दार माग गर्दछौ। यो बिषय मा वडाध्यक्ष संग बूझदा हामी तैयार पारेको सूचीनुसार राहत सामग्री वितरण पुलिस प्रशासन को उपस्थिती मा गर्दै थिए अचानक गाऊका मान्छे हरु वडा कार्यलयमा पुगी ताल्चा लगाई वितरण कार्य बन्द गराएका छन। सबैको सल्लाह अनुसार राहत पाउने नामावली बनाई राहत बितरण गरेको बताउनु भयो ।

कोहिको नाम छुटभए थपगर्ने अनुरोध गर्दा समेत उनिहरुले अवरोध गरेको बताउनु भयो । वडाका ७ गाउँ मध्ये ३ गाउँमा राहत बितरण भैसकेको छ। केहिले राहत वितरणमा राजनीति गरि आफुलाई अलोचित गर्न खोजेको अध्यक्ष मुसलमानले बताउनु भयो । कुशहवा बढ्नी प्रहरी चौकी इंचार्ज असई विनायक श्रीवास्तव लाई पछि साचो स्थानीय ले बुझाएका थिए। महाराजगंज नगरपालिका वडा नं ७ कुशहवा गांउमा केही समय वडाध्यक्ष विरूद्ध नारा वाजी समेत त्यहांका स्थानीय जनता ले गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP