☞दिपेन्द्र खत्री☜
विहान सवेरै उठेर गाई भैसीलाई घाँस हाल्नै पर्यो,
घास काट्न खेतबारी, वनपातधाउनै पर्यो,
हिउँद सकिएर बर्खा लाग्दै छ कामको चटारो छ,
बारीमा जहु,गहु,केराउ, मसुरो तोरी पाक्न लागेका छन !
चैतकाे बेला हुरी- बतास अनि असिना कुन बेला अाउला र पाक्नै लागेको अन्नबाली नस्ट गर्छ भन्ने पिर भै हाल्छ,त्यो अन्नबाली थन्क्याउन काम तिर लाग्नै पर्यो।
हिजो अाज गाउँ वाट शहर तिर बसाइँसराइ गरेर गएका मानीसले भनेकाे कुरा सुनेकाे थिए Lockdown भएको बेला खाएको खाना कसरी पचाउँने रे ?
अरे हजुर यहाँ गाउँमा कामले कुन बेला खाना खाने भन्ने समय छैन पचाउँन त छुट्टै कुरा !
अहिले खेतबारीमा काम नगरे अाउँने दिनमा भोकमरीले मरिन्छ, अर्को वर्ष छर्ने बीउ पनि पाइदैन, अहिले खेतबारीमा काम गराै कोरोनाले मरिन्छ!
किसान दुख गर्नै जन्मेका हुन। यसो गरे नि सुख छैन उसो गरे नि सुख छैन!
तिम्रो शहर तिर ताजा तरकारी र गाई भैसीको दुध त अाई रहेको होला नि हैन साथी?
मेराे तल वारीमा अालु खन्ने बेला भा छ, टर्नेलका भाटा झिलैझिला भाकाे छ गोलभेडा, टमाटर टिप्ने बेला हुदैछ, हिउदे बाली भित्राई बर्खे बाली छर्ने बेला भा छ, सरकारले हेर्ला नि भनेर बस्यो भने, तिम्रो भुकम्प अाएको बेला जस्तो ताल हुन्छ ।
चैतकाे बेला हुरी- बतास अनि असिना कुन बेला अाउला र पाक्नै लागेको अन्नबाली नस्ट गर्छ भन्ने पिर भै हाल्छ,त्यस्तै हिउदमा खान मिल्ने फल सुन्तला ,मैसम,कागती जस्ता वाेट वाट त्यसकाे फुल भुईमा सेताराम देखिन्छ ,जस्ले गर्दा मनमा अझ वढि पिर पर्न जान्छ ।
यस्ला कसरी राेक्नी भन्ने चिन्ता लाग्छ ,सरकारले हेर्ला नि भनेर बस्यो भने, तिम्रो भुकम्प अाएको बेला जस्तो ताल हुन्छ ।
अनि किसान लाई केही कुरा खेती पाति गर्न अावश्यक पर्ने अाैजार ,जस्तै ÷विऊ ,मल काे माग स्थानीय तहमा गर्ने हाे भने विधी र पद्धती चाहिन्छ भन्दै कहिले के मिलेन कहिले के मिलेन भन्दै दिनहु कार्यलय धाउन लगाउछन।
अनि यदि उपलब्ध गराए पनि त्यस वाट पनि कमिसन दिनुपर्ने रे हामी किसान लाई त खेलैना गराउछन्। न त किसानले कुनै कुराकाे अास्था राख्छ , तर किसान दुख गर्नै जन्मेका हुन।
यसो गरे नि सुख छैन उसो गरे नि सुख छैन! न त घरबास न राहतको अाश म किसानलाई कोरोनाको भन्दा अाकाश बाट बर्सिने अशिना पानीको डर छ।
कोरोनाले उसको एउटा परिवार मार्ला , तर उस्ले सयाैँ परिवारलाई बचाउँन लगाएको बाली एकै पटक मारि दिन्छ। त्यसैले किसानका घरमा Lock-down छैन !
दिपेन्द्र खत्री( किसान ) मालारानी गाउँपालीका २ ( पटाैटी )अर्घाखाँची
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया