Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

जनताले नमानेपछि वडा अध्यक्ष पनि क्वारेन्टाइनमा भर्ना

एसपी रिपोर्टर
जनकपुरधाम, चैत २४ :
 जनताको दबाबमा छिमेकी मुलुक भारतबाट फर्केका एक वडाध्यक्ष क्वारेन्टाइनमा भर्ना भएका छन् । तराई मधेशका जनता एति सचेत छन की आइतवार भारत विहारको मधुवनीवाट आएका जनकनन्दनी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष भोगेन्द्र पाठकलाई पनि कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा भर्ना हुनु परयो । उनी भारतवाट फर्केपछि त्रसित भएका स्थानीयले इलाका प्रहरी कार्यालय खजुरीमा वडाध्यक्ष पाठक भारतबाट आएको खवर गरे । त्यसपछि त्यहाँका प्रहरी निरीक्षक देवेन्द्र रोकायाले उनलाई क्वारेन्टाइनमा राख्नुपर्ने विषयमा गाउँपालिका प्रमुख सँग छलफल गरेका थिए ।

स्रोतका अनुसार कतिपय नेताहरुले वडा अध्यक्ष पाठकलाई क्वारेन्टाइनमा बस्नै पर्नेमा सहमति जनाएनन् । तर गाउँलेले दबाब दिएपछि आज विहान वडाध्यक्ष पाठकलाई प्रहरी निरीक्षक रोकायाले क्वारेन्टाइनमा बस्न सुझाव दिए । त्यसपछि उनी जनकनन्दनी गाउँपालिका–४ स्थित उच्चमाध्यमिक विद्यालय खजुरीमा स्थापना गरिएको क्वारेन्टाइनमा भर्ना भएका छन् । वडाध्यक्षसँगै उक्त क्वारेन्टाइनमा भर्ना हुनेको संख्या ९ पुगेको छ । गाँउपालिकाले त्यहाँ २० वेडको क्वारेन्टाइन निर्माण गरेको छ। क्वारेन्टाइनमा वडाध्यक्ष बाहेक यस अघि ८ जना खाडी मुलु्क र भारतबाट फर्केकाहरु छन् । भर्ना भएका सबैका लागि गाउँपालिकाले खाना र अन्य व्यवस्था मिलाएको फोकल पर्सन अयोधी दासले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP