काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को महाप्रकोपसँग चौधरी फाउन्डेसनले बुधबार निजी क्षेत्रको तर्फबाट सरकारलाई १ हजार थान ’पीसीआर रिएजेन्ट’ (स्वास्थ्य परीक्षण सामग्री) हस्तान्तरण गरेको छ ।
स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहमा फाउन्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ती सामग्री हस्तान्तरण गरेको हो । कोभिड–१९ संक्रमित व्यक्ति पहिचान गर्न ‘पीसीआर रिएजेन्ट’ अति महत्वपूर्ण उपकरण हो ।
फाउन्डेसनले चीनबाट आयात गरेका यी सामग्री ग्रहण गर्दै स्वास्थ्यमन्त्री ढकालले विषम परिस्थितिमा निजी क्षेत्रले गरेको यस्तो सहयोग सराहनीय भएको भन्दै फाउन्डेसनलाई धन्यवाद दिनुभयो। आवश्यकता परेका बेला आगामी दिनमा पनि यस्तै सहयोगका लागि खुला ह्रदयले तयार रहन समेत उहाँले आग्रह गर्नुभयो।
फाउन्डेसन अध्यक्ष विनोद चौधरीले कोभिड–१९ नियन्त्रणमा सरकारले थालेको प्रयासमा साथ दिन पाउँदा आफूहरूलाई सन्तोष मिलेको बताउनुभयो। यसअघि पहिलो चरणअन्तर्गत चौधरी फाउन्डेसनले सातै प्रदेशका गरी ४८ स्वास्थ्य संस्थामा पीपीई र उपचार सामग्री वितरण गरेको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया