Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका मालिक अग्रवाल मंगलबार पक्राउ परेका थिए ।

बुधबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कालोबजारी गरेर थर्मल गन (थर्मामिटर) विक्री गर्न लागेको सूचना पाएपछि प्रहरीले विशेष अपरेशन चलाएर अग्रवाललाई पक्राउ गरेको थियो । लगत्तै महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु ल्याएपछि उनको घर र कार्यालयमा प्रहरीले छापा हानेको हो ।

महाशाखाको विशेष टोलीले नक्सालस्थित शंकर ग्रुपको भवन र बालुवाटारमा रहेको अग्रवालको निवासमा पनि छापा हानेको थियो । शनिबार अग्रवालसहितको समूहले चीनको ग्वान्झाओबाट ७.५ टन स्वास्थ्य सामग्री ल्याएको थियो ।

त्यसैको खोजीमा प्रहरीले घर र कार्यालयमा छापा हानेको हो । तर, उनले ती सामग्री लुकाएको स्थान प्रहरीले हालसम्म भेट्टाउन सकेको छैन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP