Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कोरोना निको पार्न भन्दै कडा मदिरा सेवन गर्ने ६०० जनाको मृत्यु, हजारौं बिरामी

काठमाडौं । इरानमा कोरोनाभाइरस ठीक पार्ने भन्दै कडा मदिरा पिउने ६०० भन्दा बढीको मृत्यु भएको छ भने हजारौं जनालाई विष लागेर बिरामी परेका छन् । ६०० भन्दा बढीको मृत्यु भएको र लगभग तीन हजारजना अस्पतालमा रहेको इरानी न्यायपालिकाका प्रवक्ता गोलाम होसेन इस्माइलीले बताए ।

‘यो डरलाग्दो संख्या हो र हाम्रो अपेक्षाभन्दा परको कुरा हो,’ इस्माइलीले बताए । ‘अल्कोहल पिउनु कुनै उपचार हैन, उल्टो यसले ज्यान लिन सक्छ ।’ सरकारी समाचार संस्था तस्निम न्युज एजेन्सीसँग कुरा गर्दै उनले भने, ‘हामीले थुप्रजनालाई पक्राउ गरेका छौं र उनीहरूमाथि निर्णायक कारवाही गरिनेछ ।’

‘उनीहरूलाई अपराधी काम गरेको अनि नागरिकहरूको मृत्यु र क्षति गराएकोमा जवाफदेही बनाइनेछ ।’अहिलेसम्म कोरोनाभाइरसको औषधि पत्ता लागिसकेको छैन र लक्षणहरूलाई कम गराउने सीमित औषधिहरू मात्र छन् ।

इरान पनि कोरोनाभाइरसबाट बढी आक्रान्त मुलुकमध्ये एक हो । त्यहाँ ३८ सय ७२ जनाको मृत्यु कोरोनाकै कारण भइसकेको छ । –एजेन्सी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP