Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

४२७ जनाको रगत परीक्षण गर्दा ३५ जनामा सिकलसेल एनिमियाको ट्रेट फेला

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-८ नौखरीमा ४२७ जनाको रगत परीक्षण गर्दा ३५ जनामा सिकलसेल एनिमियाको ट्रेट (बाहक) फेला परेका छन्। चार महिनाअघि वडा नम्बर ३ मा गरिएको परीक्षणमा १७ जनामा ट्रेट फेला परेको थियो।

नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार सिकलसेल एनिमिया र थाल्सेमिया पहिचान तथा निदान शिविरमा निःशुल्क परीक्षण गरिएको थियो। बाहक फेला परेका व्यक्तिहरूको रगतलाई पुनः परीक्षणका लागि कैलालीको सेती प्रादेशिक अस्पतालमा पठाइएको छ। सिकलसेल एनिमिया भए नभएबारे सात दिनभित्र नतिजा आउने स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत हरि नाथले बताए।

‘सिकलसेल एनिमियाको अर्ध दोषयुक्त जीनलाई हेटेरोगेस ट्रेट भन्ने गरिन्छ‚’ उनले भने, ‘सिकलसेल एनियमयाको अर्ध दोषयुक्त गुण बोकेको व्यक्तिमा सिकलसेल एनिमियाका लक्षणहरू देखा पर्दैनन्।’

सिकलसेल ऐनिमिया विशेष गरी राना र चौधरी थारू समुदायका व्यक्तिमा देखिने जटिल रोगका रूपमा रहेको छ। सिनियर अहेब अधिकृत नाथका अनुसार सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो। यसले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको संख्या घटाउँदै लैजान्छ।

सिकलसेल भएका व्यक्तिमा शरीरका विभिन्न अंगहरूमा अक्सिजनसहितको रातो रक्तकोष पर्याप्त मात्रामा पुग्न नसक्दा यसले फोक्सो, मिर्गौला, फियो तथा मस्तिष्कलगायतका अंगहरूमा क्षति पुर्‍याउनुका साथै स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने गर्दछ।

श्रीमान र श्रीमती दुवै सिकलसेल एनिमियाबाट पीडित भएमा उनीहरूका सन्तानमा समेत सिकलसेल एनिमिया हुने सम्भावना प्रवल हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ। सिकलसेल रोग वंशानुगत रोग भएकाले परिवारमा यस्तो रोगबाट पीडित व्यक्ति भएमा रगत परीक्षण गरेर मात्रै विवाह गर्ने उमेर पुगेका युवाहरूले विवाह गर्दा उपयुक्त हुने जानकारहरू बताउँछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP