Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

वैशाख ६ गतेसम्म सबै अदालत बन्द गर्ने सर्वोच्चको निर्णय

काठमाडौं । सरकारले लकडाउनको अवधि बढाएपछि देशभरका अदालतहरु पनि वैशाख ६ गतेसम्म बन्द रहने भएका छन् । शुक्रबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै लकडाउन सकिएको ३ दिन अर्थात् वैशाख ६ गतेसम्म अदालत बन्द रहने जानकारी दिएको हो ।

यसअघि सरकारले पहिलो चरणमा चैत १७ गतेसम्म लकडाउन गर्ने निर्णय गर्दा सर्वोच्च अदालतले चैत २१ गतेसम्म देशैभरमा अदालत बन्द गर्ने निर्णय गरेको थियो । तर सरकारले लकडाउनको अवधि थप गरेपछि सर्वोच्च अदालतको पूर्ण वैठकले चैत २८ गतेसम्मका लागि अदालतका नियमित काम कारवाही बन्द गर्ने निर्णय गरेको थियो ।

तर चैत २४ गते बसेको मन्त्रीपरिषद् वैठकले लकडाउनको समय बढाएर चैत ३ गतेसम्म हुने निर्णय गरेपछि शुक्रबार बसेको सर्वोच्च अदालतको पूर्ण वैठकले लकडाउनको हालको अवधि अर्थात् चैत ३ गते रातिबाट त्यसको ३ दिनपछि सम्म अर्थात् चैत ६ गतेसम्म देशैभरका सबै अदालतहरु बन्द गर्ने निर्णय गरेको हो ।

लकडाउन खुलेपछि पनि अन्य व्यवस्थापकीय कामहरु मिलाउनु पर्ने भन्दै लकडाउन खुलेको ३ दिनपछिबाट मात्रै अदालतको नियमित काम कारवाही अगाडि बढ्ने सर्वोच्चको पूर्ण वैठकले निर्णय गरेको हो ।

यदि सरकारले लकडाउनको अवधि बढाएको खण्डमा त्यसै अनुरुप अदालत पनि बन्द रहने र लकडाउन खुलेको ३ दिनपछि मात्रै अदालतको नियमित काम कारवाही सुरु हुने विज्ञप्तिमा उल्लेख छ ।

अदालतले यसअघि अभियोग पत्र दर्ता, बयान, थुनछेक आदेश र म्याद थपको कार्य स्थगन र बन्द गराएकामा आजबाट भने ती कामलाई निरन्तरता दिने जनाएको छ ।

लकडाउनको समय बढ्दै गएको र अनुसन्धान सकिएर पनि अभियोग दर्ता गर्न नपाइ हिरासतमै बस्नुपर्ने बाध्यता बढेको भन्दै अदालतले अब यी कार्यलाई नियमितता दिने निर्णय गरेको हो ।

हिरासतमा रहेका व्यक्तिहरुको वैयक्तिक स्वतन्त्रता र सुरक्षित जीवनको हक हनन हुनसक्ने भन्दै आजैबाट म्याद थप गर्ने, अभियोग पत्र दर्ता गर्ने, पक्राउ परेका व्यक्तिहरको बयान लिने र थुनछेक बहस गर्ने कार्य सुरु गरिएको सर्वोच्चले जनाएको छ ।

विज्ञप्ति हेर्नुस्;

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP