Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नातिको बिहेमा जाँदा कोरोना संक्रमणबाट यी नेपालीको मृत्यु

लण्डन,

नातीको विहेका लागि बेलायत आएका एकजना नेपालीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । गत फेब्रुअरी महिनाको २६ तारिख लण्डन आइपुगेका बाग्लुंग अमलाचौरका ७५ वर्षीय कर्णबहादुर क्षेत्रीको बुधबार लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको हो ।

मार्च ३० तारिखका दिन अस्पताल भर्ना भएका उनलाई त्यसको दुई दिनपछि भेन्टिलेटरमा राखिएको थियो । एम्बुलेन्समा आएको प्यारामेडिकको टोलीले पनि अरु सबै सामान्य रहेको तर अक्सिजनको कमी भएको हुन सक्ने बताएपछि अस्पताल भर्ना गरिएको थियो । त्यसअघि क्षेत्रीलाई श्वासप्रश्वासमा समेत कुनै समस्या भएको थिएन ।

अस्पताल भर्ना गरेर जाँच गर्दा क्षेत्रीलाई निमोनिया देखिएको डाक्टरहरुले बताएका थिए । सोमबार साँझ अस्पताल भर्ना भएका उनलाई बुधबार बिहानदेखि भेन्टिलेटरमा राखिएको थियो । क्षेत्रीलाई कोरोनाको संक्रमण पुष्टी भएको जानकारी पनि परिवारले सोहि दिन पाएको थियो ।

बुधबार दिउँसो अस्पतालले परिवारलाई टेलिफोन गरेर क्षेत्रीलाई बचाउन कुनै उपाय नलागेको जानकारी गराएको थियो । अप्रत्यासित रुपमा क्षेत्रीको निधनपछि अहिले परिवार मर्माहत छ । क्षेत्रीसंगै आएकी उनकी ७१ वर्षीय श्रीमतीलाई सम्हालिन गाह्रो परेको छ ।

मृतक कार्की इण्डियन आर्मीका ‘रिटायर्ड पेन्सनर’ थिए । अवकाशप्राप्त जीवनलाई आफ्नै गाउँमा समाजसेवा र राजनीतिमा लगाएका उनी तत्कालिन गाविसमा एमालेको तर्फबाट उपाध्यक्ष निर्वाचित भएका थिए । परिवारका अनुसार उनलाई खासै कुनै ठूलो स्वास्थ्यसमस्या समेत थिएन ।

क्षेत्रीका ४ छोरा र तीन छोरी छन् । जेठो छोरा मिलन परिवारसहित लण्डनमा छन् भने कान्छो छोरा र बुहारी जापानमा छन् । अरु सबै नेपालमै छन् ।

नातीको विहेका लागि लण्डन आएका क्षेत्री दम्पति अप्रिल २६ मा नेपाल फर्किने टिकट थियो । कोरोनाको महामारी सुरु हुन लागेपछि नेपाल नै बढि सुरक्षित हुन्छ कि भनेर बाबुआमालाई पठाउनेबारे सोंचेका पनि थिए छोराबुहारीले । तर भनेजस्तो व्यवस्था नभएपछि बेलायतमै बस्दा पनि राम्रै होला भनेर चित्त बुझाएका थिए उनीहरुले ।

मार्चको अन्तिमसातादेखि अहिलेसम्म बेलायतमा क्षेत्रीसहित ६ जना नेपालीको निधन भइसकेको छ । सबैको मृत्यु कोरोनाबाट भएको जनाएको छ ।-खसोखासबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP