Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

बाबुराम र रवीन्द्र मिश्रलाई सूर्य थापाको जवाफः जनताले दिएको थान्कोमै बस्नुहोस्

काठमाडौँ – कोभिड १९ को महामारी फैलिन नदिनका लागि उच्च स्तरीय राजनीतिक संयन्त्रको गठन गर्न सरकारलाई चौतर्फी दबाब परेको छ । हिजोसम्म विपक्षी दलहरुले मात्रै उच्च स्तरीय राजनीतिक संयन्त्रको गठन गर्न माग गरेका थिए भने अब सत्तापक्षकै नेताहरुले पनि त्यसमा समर्थन जनाएपछि सरकार दबाबमा परेको हो ।

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नै उच्च स्तरीय राजनीतिक संयन्त्रको गठन गरेर जनतामा आत्मविश्वास पैदा गर्न सरकारसँग माग गर्नुभएको छ । इमेज टेलिभिजनसँगको एक अन्तर्वार्ताका क्रममा अध्यक्ष प्रचण्डले विपत्तिका बेला सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएर कोरोना महामारीको मुकावीला गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारको संयन्त्रले काम गरिरहेको भए पनि सरकार एक्लैको प्रयासले महामारी रोक्न कठिन हुने कुरालाई मनन गर्न प्रधानमन्त्री र सरकारलाई आफूले अपिल गर्न चाहेको बताउनुभयो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केही नेताहरुसहित अन्य राजनीतिक दलका नेताहरुले पनि कोभिड १९ को सामना गर्नका लागि उच्च स्तरीय सर्वदलीय सम्यन्त्रको निमार्ण गर्न सरकारलाई लगातार आग्रह गरिरहेका थिए । सरकार एक्लैले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीको सामना गर्न नसक्ने भन्दै विज्ञहरुसमेत सम्मिलित उच्चस्तरीय समितिको गठनका लागि सरकारलाई लगातार दबाब परिरहेको छ । शक्तिशाली सरकारले मुलुक हाँकिरहेको भए पनि महामारी रोकथामका लागि सरकारको एक्लो प्रयास पर्याप्त नहुने राजनीतिक विश्लेषक मुमाराम खनालको भनाई छ ।

लगातार रुपमा सर्वदलीय अथवा उच्च स्तरीय राजनीतिक संयन्त्रको गठन गर्न माग उठिरहे पनि सरकारले यसलाई काग कराउँदै गर्छ पिना सुक्दै गर्छ जस्तो व्यवहार गरेको छ । अहिलेको अवस्थामा सरकारले नै सबै काम आफ्नो ढंगले गरिरहेकोले कुनै किसिमको संयन्त्रको आवश्यकता नरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । उहाँले फुर्सदमा रहेका मान्छेहरुका सबै माग पूरा गर्न सरकार बाध्य नहुने धारणा राख्नुभयो । राजनीतिक संयन्त्र गठनका लागि बलियो गरी आवाज उठाउने पूर्व प्रधानमन्त्री डा.बावुराम भट्टराई र साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई उहाँले जनताले जुन थान्कोमा राखेको छ त्यही थान्कोमा बसेर भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

हुन त सरकारले कोरोना भाइरसको प्रकोप फैलिन नदिन उपप्रधानमन्त्रीको नेतृत्वमा उच्च स्तरीय समिति गठन गरेर काम गरिरहेको छ । तर कोरोना रोकथामकै विषयमा सरकारका काम र निर्णयहरु एकपछि अर्काे गरी लगातार आलोचनाको घेरामा पर्न थालेपछि सरकारको समन्वय निकै नै कमजोर रहेको देखाएको छ । गलत व्यक्तिहरुलाई महत्वपूर्ण भूमिका दिइएपछि सरकार र पार्टी अप्ठ्यारोमा पर्दै गएको आवाज पनि नेकपाभित्र बलियो हुँदै गएको छ । नेकपाका नेता भीम रावलले सरकार र पार्टीले गलत व्यक्तिहरुलाई भूमिका प्रदान गरेपछि अहिले समस्या उत्पन्न भएको आरोप लगाउनुभयो । पछिल्ला भ्रष्टाचारका काण्ड यसकै उपज भएको बताउँदै उहाँले त्यस्ता व्यक्तिहरुलाई पदमुक्त गर्न आग्रह गर्नुभयो ।

विपत्तिका बेला मुलुकका सबै राष्ट्रिय राजनीतिक दलहरु एक ठाउँमा उभिने कुरा कुनै रुपमा पनि नाजायज होइन । सबै शक्तिहरुलाई विश्वासमा लिएर अघि बढेमा सरकारलाई घाटा हुने र विपक्षीलाई नाफा हुने कुरा पनि रहँदैन । त्यसैले सबै दलहरुलाई एकतावद्ध गराएर कोरोनाविरुद्धको युद्धमा होमिँदै जनतामा आत्मविश्वास पैदा गर्न सरकारले ध्यान दिनुपर्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP