Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

भ्रम फैलाएको भन्दै प्रधानमन्त्री कार्यालयलाई प्रेस काउन्सिलको पत्र

काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेजमा बिहीबार प्रकाशित सामग्रीप्रति चासो राख्दै यस्ता विषयमा सतर्क हुन आग्रह गरेको छ ।

बिहीबार प्रधानमन्त्री कार्यालयको फेसबुक पेजमा कडाउनका कारण रोकिएकाहरु शुक्रबार र शनिबार काठमाडौं उपत्यकाबाट बाहिर जान दिइने भनी सूचना प्रकाशित भएको थियो ।

पछि प्रदेश र स्थानीय सरकारले मान्यता नदिएका कारण उक्त निर्णय फिर्ता भएको जानकारी दिइको थियो । तर पछि पेजमा लेखिएका सबै सूचना डिलिट गरिएको थियो । काउन्सिलले आज (शुक्रबार) प्रधानमन्त्री कार्यालयलाई पत्र लेख्दै विश्वसनीयतामाथि थप प्रश्नचिन्ह उठ्न गएको तर्फ सचेत गराएको हो।

विश्वव्यापी स्वास्थ्य संकटकालको यो बेला प्रधानमन्त्री कार्यालयको प्राविधिक भूलका कारण सञ्चारमाध्यममा गलत समाचार सम्प्रेषण भई जनतामा भ्रम सिर्जना भएको भन्दै काउन्सिलले आधिकारिक सूचनाको मूल स्रोतमै पटकपटक छेडखानी हुँदा सरकारी निर्णयको विश्वसनीयता गुम्नेतर्फ सचेत हुन प्रधानमन्त्री कार्यालयलाई आग्रह गरेको छ ।

त्यस्तै आगामी दिनहरूमा गम्भीरताका साथ सतर्कता अपनाउन प्रधानमन्त्री कार्यालयका अधिकारीहरूलाई काउन्सिलले आग्रह गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP