काठमाडौँ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण परिक्षणको काम १५ दिनभित्र पुरागर्ने दावी गरेको छ । अहिले सवै प्रदेशमा आवस्यक सामाग्री र चिकित्सकहरु पुगिसकेकाले दैनिक एक हजार बढीको परिक्षण भइरहेको भन्दै मन्त्रालयले आवस्यक सामान तुरुन्तै खरिद गर्ने निर्णय भइसकेको जनाएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा कुरागर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले आवस्यक औषधीका लागि टेण्डर भइसकेकाले केहि दिनभित्र आइसक्ने दावी गर्नुभयो । उहाँले औषधी खरिदमा भएको भ्रष्टाचारको विरोध गर्ने लेखा प्रमुखको सुरुवाका विषयमा आफुलाई थाहा नभएको भन्दै उपलब्ध स्रोत र साधनबाट स्वास्थ्य मन्त्रालयले आक्रामक रुपमा काम गरिरहेको बताउनुभयो ।
देवकोटाले स्वास्थ्य मन्त्रालयले परिक्षणको दायरा बढाएरु ३७ सयको परिक्षण गरिसकेको र नेपालका लागि धेरै ठूलो उपलब्धि भएको भन्दै सुदूरपश्चिममा हवाइ यातायातबाट नमुना परिक्षण गरिरहेको बताउनुभयो । यस अघि हसेवा गरीसकेका सेवा निबृत चिकित्सकलाई बोलाएको र छात्रबृतिमा रहेको चिकित्सकलाई पनि सहयोग गर्न आग्रह गरिएकाले १५ दिनभित्र नेपाललाई संक्रमण मुक्त बनाएर सवैलाई सुरक्षित बनाउने दावी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘अबको दुई हप्तामा हामी आक्रमक काम गर्छाै । टेस्टका लागि आवस्यक किट सवै जिल्लामा पुर्याएका छौँ । अहिलेलाई पर्याप्त छ । अरु मगाएका छौ । स्वास्थ्य मन्त्रालयले पठाएका सामाग्री र त्यहाँको स्वास्थ्य अवस्था बुझ्नका ३ जनाको टोली हरेक प्रदेशमा पठाएको उनिहरुले हेर्छन र रिपोर्ट पठाउँछन् ।
प्रवक्ता देवकोटाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हजारौको डाटा संकलन गरेर पठाएको भन्दै अब फिल्डमै गएर काम गर्ने बताउनुभयो । कोरोना संक्रमणको प्रगतिका बारेमा दलका नेताहरुले समाचारबाट थाहाँ पाइरहेकाले मन्त्रालयले जानकारी गराउन आवस्यक नभएको उहाँको भनाई छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया