Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

मायादेवि अनलाइनको समाचार प्रति पत्रकार महासंघको गंभिर असहमति,ब्यक्तिगत कुण्ठाराखेर लेखिएका समाचारले भविश्यमा पर्न सक्ने कानुनी समस्या प्रति महासंघ जिम्मेवार नहुने प्रस्टोक्ति

कपिलवस्तु । नेपाल  पत्रकार महासंघ कपिलवस्तु शाखाले मायादेवि अनलाइले प्रकाशन गरेको समाचार प्रति गंभिर असहमति प्रकट गरेको छ । एकोरावको बदनाम गराउन पाण्डे र पोख्रेललाई कारवाही गर्न चन्द्रकान्त  न्यौपानेको माग शिर्षकको समाचार प्रति  महासंघले असहमति प्रकट गरेको हो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष भेषराज पाण्डे र महासंघ सदस्य गणेश पोख्रेल विरुद्ध एक व्यक्तिको स्वघोषित आरोपलाई अतिरंजित रुपमा ठूलो बनाएर प्रकाशन प्रशारण गर्नु पत्रकारको मर्यादा र आचरण विपरित भएको महासंघको ठहर छ ।

        कोरोना महामारीको बेला सबै संचारमाध्यम तथा संचारकर्मी एक भई समुदायमा सुरक्षा र सर्तकता सम्बन्धी सन्देश प्रशारण प्रकाशन गर्नुपर्नेमा व्यक्तिगत कुण्ठा राखेर लेखिएका समाचारहरुबाट भविष्यमा सो संचार गृह र समाचार लेख्ने पक्षलाई हुन सक्ने कानुनी समस्या प्रति महासंघ जिम्मेवार नहुने स्पष्ट पारेको छ । जस्तो सुकै अवस्थामा पनि पत्रकार आचार संहिता पालना गर्न जिल्लाका सबै संचार माध्यमलाई आग्रह गर्दछौ विज्ञप्तीमा भनिएको छ ।  साथै पत्रकार महासंघका पूर्व अध्यक्ष पाण्डे  जिल्लाका सामुदायिक रेडियोहरुले चैत २७ गतेको बैठकमा उपस्थित नभएको र एकोरावका कपिलवस्तु संयोजक चन्द्रकान्त न्यौपाने विरुद्ध एकोराबलाई बुझाएको ज्ञापन पत्रमा कुनै हस्ताक्षर वा संलग्नता नदेखिएको हुदा उहाको  ब्यक्ति गत चरित्र हत्या गर्ने मनसायले लेखिएको समाचार तत्काल सच्याउन  आग्रह गर्दछौ अध्यक्ष डिलाराम भुसालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

        यस अघि एकोरावका सदस्य ८ रेडियो मध्ये ७ रेडियोको भेलाले संयोजक चन्द्रकान्त न्यौपानेको भूमिका सामुदायिक रेडियोको हित विरुद्ध रहेको ,कार्यसमितको बैठक पटकपटक राख्न माग गर्दा पनि  ३ महिनामा पनि नराखेर स्वेच्छाचारी ढंगले एकल निर्णयका आधारमा चलेको भन्दै कारवाही गरेर संयोजक न्यौपानेलाई हटाउन एकोरावको प्रदेश र केन्द्र समक्ष माग गरेका थिए । यसै बीच एकोरावका केन्द्रिय अध्यक्ष सुवास खतिवडाले कपिलवस्तुको पछिल्लो अवस्थावारे आज जिल्लाका महत्वपूर्ण संचारगृहमा फोन गरेर जानकारी लिनु भएको छ ।

    उहाले सबै सदस्य रेडियोको भावना एकोरावले बुझेर उचित निकास निकाल्ने वारेमा स्पष्ट पार्नु भएको छ । यता पत्रकार भेषराज पाण्डेले मुलुकी ऐन २०७४ अनुसार निराधार आरोप लगाएको र आफ्नो तस्वीर विना अनुमति फेसबुकवाट  कपि गरेर अनलाइनमा राखेको भन्दै मायादेवि अनलाइनका प्रधान सम्पादक चन्द्रकान्त न्यौपानेलाई कडा कारवाही गर्न र उहावाट आवश्यक क्षेतिपूर्ति भराउन माग गर्दै निबेदन दिएको पाण्डेले वताउनु भएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP