काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमको हरेक परिस्थितिमा तत्काल खटाउन सक्नेगरी युवा स्वयंसेवकको सूची तयार गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले बृहत् रूपमा युवा परिचालनको रणनीतिसहित यस्तो तयारी गरेको हो ।
चैत २४ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार युवा तथा खेलकुद मन्त्रालयले स्वयंसेवाका लागि युवाको सूची तयार गर्न लागेको बताएको छ । मन्त्रालय अन्तर्गतका राष्ट्रिय युवा परिषद्, खेलकुद परिषद्, नेपाल स्काउट र युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत स्वयंसेवाका लागि युवाको सूची तयार गरिएको हो ।
युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता डा. मानबहादुर विकले विभिन्न चरणमा आउन सक्ने चुनौतीमा खटाउने उद्देश्यसहित सूची तयार गरिएको जानकारी दिनुभयो। उहाँले तुरुन्तै फिल्डमा स्वयंसेवक आवश्यक प¥यो भने उपलब्ध हुनेगरी तयार गरिएको बताउनभुयो।
यसैगरी युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को संयोजकत्वमा यसका लागि समितिसमेत गठन गरिएको छ । अहिले पनि युवा परिषद् र स्काउट मार्फत युवा परिचालन भइरहेको जानकारी उहाँले दिनुभयो।
गत फागुन २२ गते नै मन्त्री स्तरीय बैठकबाट युवा परिषद्, खेलकुद परिषद् र स्काउट परिचालन गर्न आह्वान गरिएको जानकारी दिनुभयो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया