Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

विश्वमा फैलिँदै गरेको ‘मङ्कीपक्स’ भाइरसको जोखिम नेपालमा कति ?

काठमाडौं: कोरोना महामारी कम हुँदै गएको समयमा हाल  विश्वमा अर्को ‘मङ्कीपक्स’ भाइरस देखिएको छ। हालसम्म यो भाइरस १२ वटा देशमा पुगिसकेको छ।

यता विश्व स्वास्थ्य संगठनले पनि अझ बढी मानिसमा ‘मङ्कीपक्स’ सर्न सक्ने भन्दै चेतावनी दिएको छ।

अहिलेसम्म युरोपका संयुक्त अधिराज्य बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली, स्वीडेन लगायतका देशमा ‘मङ्कीपक्स’ भाइरस देखा परेको छ।

हाल जेनेभामा भइरहेको डब्ल्यूएचओ महासभामा पनि डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिकाबाहिर १२ देशमा फैलिएको मङ्कीपक्स भाइरस पनि एक चिन्ताको विषय रहेको बताएका छन्।

यसरी विश्वमा फैलिँदै गएको यो भाइरस नेपालमा पनि भित्रिन सक्ने जोखिम रहेको चिकित्सकहरुले बताएका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन, हाल नेपालमा यसको जोखिम धेरै नभए पनि विस्तारै छिमेकी देश र नेपालबाट डाइरेक्ट हवाइ उडान भएका अथवा संक्रमण देखिएको देशहरुबाट मानिस आउनेजाने गर्दा संक्रमण भित्रिने जोखिम रहेको बताउँछन।

‘हाललाइ जोखिम कम भए पनि यसरी नै अन्य देशहरुमा फैलिँदै गयो भने हाम्रोमा पनि नआउला भन्न सकिँदैन त्यसैले अहिले नै सावधानी अपनाउनु पर्छ’ उनले भने।

अफ्रिकी देश मात्रै नभएर बेलायत सहितका देशहरुमा यो भाइरस पुष्टि हुँदै गएको देखिएकोले अब संक्रमण देखिएका देशबाट आउने नागरिकहरूमा आएको एक हप्ता सम्ममा शरीर चिलाउने, रातो बिमिरा आउने जस्ता समस्या देखिए परीक्षण गराउनुपर्ने समेत डा. पुनले बताए।​

के हो मङ्कीपक्स’ भाइरस ?

पछिल्लो समय १२ देशसम्म पुगिसकेको यो भाइरस पश्चिम र मध्ये अफ्रिकाका केही भागमा संक्रमित जंगली जनावरहरूमा पाइएको थियो। यो भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरूमा देखिएको थियो। त्यसपछि मानिसमा भने सन् १९७० मा कंगोमा देखिएको थियो।

पछिल्लो पटक सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आएका एक व्यक्तिमा ‘मंकीपक्स भाइरस’ पुष्टि भएको थियो।

कसरी सर्छ ?

सुरुमा जनावरबाट सर्ने यो भाइरस मानिसबाट मानिसमा समेत सर्ने हुँदा जनस्वास्थ्यको हिसाबले जोखिमपूर्ण रहेको डा. पुनको भनाइ छ।

उनका अनुसार यो भाइरस संक्रमण भएपछि शरीरमा पानी सहितको मसिनो बिमिरा आउने र त्यही बिमिरा फुटेर त्यहाँ भित्र भएको पानी अर्को व्यक्तिको शरीरमा पुगेर संक्रमण हुन सक्ने साथै संक्रमित व्यक्तिको ​सिँगान‚ कफ तथा कपडा प्रयोग गरेमा  पनि यो भाइरस सर्ने जोखिम रहेको छ।

कति खतरनाक छ ?

यो भाइरसको सङ्क्रमण रोक्नका निम्ति बिफर विरुद्धको खोप ८५ प्रतिशत प्रभावकारी साबित भएको छ र अझै पनि त्यसको प्रयोग गरिने गरेको पाइन्छ।

हालसम्म कुनै पनि उपचार विधि नभए पनि ‘मङ्कीपक्स’ भाइरसको विरुद्ध बिफरको खोप प्रभावकारी हुनसक्ने भए पनि यो भाइरस संक्रमण भइसकेपछि कहिलेकाहीँ निकै गम्भीर हुने हुँदा सजग रहनुपर्ने डा. पुन बताउँछन्। ‘शरीरमा पसेको ५ देखि २१ दिन भित्र यो भाइरसले लक्षण देखाउँछ, त्यसपछि मानिसमा ‘ज्वरो आउनु, टाउको र जिउ दुख्नु, जाडो लाग्नु, अनुहार तथा शरीरका अन्य भागमा बिमिराहरु देखिनुका साथै ती बिमिरामा पानी भरिँदा चिलाउँछ र कन्याउँदा फुटेपछि आफैँ सुक्दै जान्छ तर कहिलेकाहीँ भने अन्य जटिलता पनि निम्ताउँछ’ उनले भने।

दश जना संक्रमित मध्ये एककाे भने जटिलताका कारणले मृत्यु हुने गरेको अनुसन्धान रिपोर्टहरुमा उल्लेख गरिएको पुनले बताए।​

नेपालमा नै परीक्षण हुन्छ 

यदि यो भाइरसका शंकास्पद बिरामीहरु देखिए नेपालमा नै परीक्षण हुनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारी बताउँछन्।

यसको परीक्षण पनि पीसीआर विधिबाट गर्नुपर्ने हुँदा हाल नेपालमा धेरै ठाउँमा पीसीआर परीक्षण उपकरणहरु भएको हुँदा यसको नेपालमा नै परीक्षण हुने उनी बताउँछन्।  ‘पीसीआर परीक्षण गर्ने सुविधा हाम्रोमा छ, तर यसको परीक्षणको लागि रिएजेन्ट भने फरक चाहिन्छ, रिएजेन्ट ल्याएर हामीले यहीँ परीक्षण गर्न सकिन्छ’ डा. अधिकारीले भने।

यस्तै ‘मङ्की पक्स’ भाइरसको विरुद्ध बिफरको खोप प्रभावकारी हुनसक्ने हालसम्मको अनुसन्धानले देखाएको हुँदा आँत्तिहाल्नु पर्ने अवस्था नरहेको भए पनि सतर्कता भने अपनाउनु पर्ने उनले बताए।

उनका अनुसार मुसा प्रजाति तथा जनावरको र्‍याल र मानिसबाट मानिसमा यो भाइरस सर्ने हुँदा यसको जोखिम बढ्दै गएमा मास्क लगाउनु पर्ने, साबुनपानीले हात धुने, सामाजिक दूरी कायम गर्नुपर्ने डा. अधिकारीले बताए।

तर हालसम्म नेपालमा ‘मक्कीपक्स’ भाइरसको जोखिम भने नरहेको उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP