Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

किर्डाक नेपाल द्धारा बुद्धभुमि र शिवराज नगरपालिकालाई दुई दुई लाख सहयोग

कपिलवस्तु , ३० चैत विश्वमा महामारीको रुपमा फैलिएको कोभिड-19 अर्थात कोरोना भाइरस रोकथामका लागि किर्डाक नेपाल संस्थाले बुद्धभूमी नगरपालिका र शिवराज नगरपालिका लाई चेक हस्तान्तरण गरिएको छ ।

बुद्धभूमी नगरपालिकाको ३,४ र ९ नम्बर वडा तथा शिवराज नगरपालिकाको १,२,३,५ र ११ नम्बर वडामा कार्यक्षेत्र बनाई सिड्स परियोजना संचालन गर्दै आईरहेको किर्डाक नेपालले बुद्धभूमी तथा शिवराज नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा २,४१,०००। (दुई लाख चालिस हजार मात्र ) का दरले दुई ओटा नगरपालिका लाई ४,८२,०००। बरावरको चेक हस्तान्तरण गरिएको किर्डाक नेपालका कार्यक्रम अधिकृत श्री बहादुर भण्डारीले जानकारी दिनु भयो ।

बुद्धभूमी तथा शिवराज नगरपालिकाको क्वारेन्टाईन व्यवस्थापन तथा कोरोना रोेकथामका लागि आवश्यक पर्ने सामग्री,खाद्यान्न ,विविध सहयोगका लागि चेक हस्तान्तरण गरिएको हो । काेराेना भाइरस काेभिड -19 महामारीलाई रोकथामका लागि नगरपालिकाको एकद्धार प्रणाली लाई मध्यनजर गर्दै नगरपालिका,वडा कार्यालय संग समन्वय गरी समुदाय स्तरमा पनि मास्क वितरण,साबुन वितरण, तथा कोरोना सम्बन्धि समुदायमा सामान्य चेतनाका कार्यक्रमहरु संचालन गरेको बताउनु भयो ।

यस विपदको घडीमा किर्डाक नेपालले गरेको सहयोगको उच्च मूल्याङ्कन गर्दै आवश्यक सहयोगका साथ आफु पनि बचौ र अरुलाई पनि बचाउने यो अभियानमा साथ दिन बुद्धभूमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले सम्पूर्ण लाई आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP