Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

मेडिकल कलेजमा ३०० शैय्याको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने

काठमाडौं : सुदूरपश्चिम प्रदेशको धनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३०० शैय्याको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने भएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका सबै नागरिकमा स्वास्थ्यको पहुँच पुर्‍याउनुका साथै स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने उद्देश्यले एक दशकअघि गेटा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेका थिए। गेटा मेडिकल कलेजको भौतिक संरचना अहिले तयार भएको छ। यसै आर्थिक वर्षमा ३०० शैय्याको अस्पताल सुरु गर्न प्रधानमन्त्रीले स्वास्थ्य र शिक्षा मन्त्रालयलाई यसअघि नै निर्देशन दिइसकेका छन्। प्रधानमन्त्री देउवाको निर्देशनअनुसार यसै आर्थिक वर्षदेखि अस्पताल पनि सुरु हुन लागेको हो। 

नेपाली कांग्रेसकी नेत्री एवं कांग्रेस केन्द्रीय सदस्य डा आरजू राणा देउवाको पहलमा गत चैतमा स्वास्थ्य सचिव डा रोशन पोखरेलको संयोजकत्वमा राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी निर्देशक डा प्रमोद जोशी सदस्य सचिव र शिक्षा,अर्थ र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहेको एक विज्ञ समिति गठन भई स्थलतगत भ्रमण गरी अस्पताल सञ्चालनको कार्ययोजना तयार गरेको थियो। 

उक्त कार्ययोजनाकै आधारमा तत्काल ३०० शैय्याको अस्पताल सञ्चालन गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको हो। “हामीले गेटा मेडिकल कलेजको स्थलगत गत अध्ययन गरेर कसरी छिटोभन्दा छिटो अस्पताल सञ्चालन गर्न सकिन्छ भन्ने विस्तृत प्रतिवेदन पेश गरेका थियौँ, सोही आधारमा यसै वर्षदेखि ३०० शैय्याको अस्पताल सञ्चालन हुने भएको हो”, डा जोशीले भने। 

मेडिकल कलेज सञ्चालनका लागि कम्तीमा ३०० शैय्याको अस्पताल तीन वर्षसम्म सञ्चालन भएको हुनुपर्ने प्रावधान छ। सोही प्रावधानअनुसार यस वर्षदेखि अस्पताल सञ्चालन गरिने भएको हो। 

उक्त समितिले ७५ बिघा जमिनमा फैलिएको अस्पतालमा ढल,पानीलगायतको तत्काल प्रबन्ध गर्नुपर्ने पनि सुझाव दिएको थियो। सोही सुझावका आधारमा आवश्यक सबै काम यसै आर्थिक वर्षको सुरुदेखि अघि बढाइने भएको हो। 

गेटा मेडिकल कलेज शिक्षा मन्त्रालयको विश्वविद्यालय अनुदान सहयोग कार्यक्रमबाट भौतिक संरचना निर्माण सम्पन्न भएको हो। यसै आर्थिक वर्षको बजेटमा अस्पताल सञ्चालनका लागि माग भए अनुसारको  दुई अर्ब बजेट विनियोजनको प्रस्ताव भएर बजेटमा समावेश गरिएको छ। गेटा मेडिकल कलेज सञ्चालनमा डा देउवाले पटकपटक विभिन्न बैठक, स्थलगत अध्ययन समिति बनाएर अगुवाई गरेपछि स्वास्थ्य मन्त्रालयको सिफारिसमा गत चैत ४ गते शिक्षा मन्त्रालयले तत्काल ३०० शैय्याको अस्पताल सञ्चालन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। 

कम्तीमा ३०० शैय्या रहनेगरी तत्काल अस्पताल सञ्चालन गर्न शिक्षा सचिवले मन्त्रिपरिषद्मा पेश गरेको प्रस्ताव छलफल भई स्वीकृत गरी सो काम छिटोभन्दा छिटो सुरु गर्न प्रधानमन्त्रीले निर्देशन गरेका थिए। सरकारले गेटा अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयका ११ तहका चिकित्सक कार्यकारी निर्देशक हुनेगरी पद सिर्जना पनि गरेको छ। त्यसका साथै अन्य आवश्यक चिकित्सक,स्वास्थ्यकर्मी र अन्य कर्मचारी सरकारले काजमा वा करारमा लिएर खटाउन सक्ने पनि निर्णय गरेको छ। 

स्थानीय चुनावका कारण कार्यकारी निर्देशक नियुक्तलगायतका प्रक्रिया रोकिए पनि अब केही हप्तामै कर्मचारी नियुक्ति गरेर अस्पताल सञ्चालन हुने बताइएको छ। “यसै आर्थिक वर्षदेखि गेटा मेडिकल कलेज र ३०० शैय्याको अस्पताल सञ्चालनमा आउँछ”, स्वास्थ्य सचिव डा पोखरेलले भने। गेटा मेडिकल कलेजको भौतिक संरचना निर्माणको काम विगत १० वर्षदेखि सुरु भएको थियो। 

भौतिक पूर्वाधार सम्पन्न भएपछि डा देउवाको अगुवाइमा अस्पताल सञ्चालन हुन लागेको हो । प्रत्येक प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज सञ्चालन गर्ने सरकारको नीतिअनुसार गेटा मेडिकल कलेजको भौतिक संरचना तयार भएको हो। गेटा सुरु भएलगत्तै सुदूरपश्चिम क्षेत्रका सयौँले रोजगारी पाउनुका साथै सुदूरपश्चिमको विकासमा एक महत्वपूर्ण काम हुने बताइएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP