ओमप्रकाश गुप्ता सिसहनियाँ ।
जन्म दिन मनाउने तरिका अा-अाफ्नै हुन्छन् । कसैले केक काटेर त कसैले भोजभतेर गरेर लाखाै रूपैयाँ खर्च गरिरहेका हुन् । तर दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुलचोकका उद्योगपती तथा राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेलले अाफ्नो ४३ अाैँ जन्म दिन फरक तरिकाले मनाएका छन् ।
विश्व व्यापीरूपमा महामारीको फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले अाश्रमलाई समस्या बनाएको भन्दै उनले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा अाश्रममालाई खाद्य सामाग्री दिएर अाफ्नो जन्म दिन मनाएका छन् । उनले २१ हजार ५ सय ५१ रूपैयाँ बराबरको दाल,तरकारी,विस्कुट,तेल लगायतका खाद्य सामाग्री र ३० थान झुल प्रदान गरेका हुन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया