Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै, मृत्यु भएको छैन भन्दै जस लिन खोज्दैछन् प्रधानमन्त्री

काठमाडौँ – मुलुकमा दिनदिनै कोरोना संक्रमित बढिरहेका बेला प्रधनमन्त्री केपी शर्मा अ‍ोलीले भने यसको रोकथामका लागि सकारले पर्याप्त प्रयास गरेको दाबी गर्नुभएको छ ।

नयाँ वर्ष २०७७ सालका अवसरमा आज भिडियोमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले केही व्यक्तिहरु बाहेक अरुमा कोरोना भाइरसको संक्रमण हुन नदिएर सरकारले कोरोना रोकथाममा सफलता हासिल गरेको दाबी गर्नभयो ।

कोरोना रोकथामका लागि प्रभावकारी काम हुन नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले अहिलेसम्म संक्रमितको अवस्था सामान्य रहनु र कसैको पनि मृत्यु नहुनलाई सरकारका प्रयासको सफलताका रुपमा लिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संकटका बेला केही पनि भएन भन्दै आलोचना मात्रै गर्न नहुने धारणा राख्नुभयो । उहाँले आशंका गरिएका व्यक्तिहरुको परीक्षण भने पर्याप्त नभएको स्वीकार गर्नुभयो ।

संक्रमणमुक्त स्थितिको सुनिश्चितताका लागि परीक्षणको दायरा बढाउने बताउँदै प्रधानमन्त्री ओलीले भएका राम्रा कामहरु संयोगले मात्रै भएका हुन् कि भन्ने नठान्न आग्रह गर्नभयो । कोरोनाका कारण मुलुकमा अहिलेसम्म कसैको मृत्यु नभएको प्रसंगमा सरकारले जस पाउनुपर्ने आशय प्रधानमन्त्री ओलीको थियो ।

हुन त प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको अन्त्य नभएसम्म प्रधानमन्त्रीका हैसियतले राज्यकोषबाट प्राप्त हुने पारिश्रमिक आफूले नलिने र उक्त रकम कोभिड १९ राहत कोषमा जम्मा गर्ने घोषणा पनि गर्नुभएको छ । तर कोरोना रोकथामका लागि चीनबाट औषधि आयात गर्दा भएको चरम भ्रष्टाचारमा संलग्नहरुलाई कारबाही गरिने कुरा उहाँको शुभकामना सन्देशमा जनताले सुन्न पाएनन् । यो परिघटनालाई पनि सचेत नागरिकले अवश्य मुल्याङ्कन गर्ने बताउनुहुन्छ राजनीतिक विश्लेषक सुरेन्द्र केसी ।

हुन त अहिले कुनै किसिमको आरोप प्रत्यारोप र सस्तो लोकप्रियतामा अल्झेर बस्ने बेला होइन । त्यसैले पनि होला, प्रमुख विपक्षी नेपाली कांग्रेसले समेत संकटको बेला सरकारका हरेक कदममा साथ दिने बताइरहेको छ । तर स्वास्थ्य सामग्री खरिद गर्दा भएको भ्रष्टाचारमा संलग्नहरुलाई भने जोगाएर हिँड्न नमिल्ने भन्दै कांग्रेसले त्यसमा संलग्नहरुलाई बर्खास्त गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीलाई उत्सवका रुपमा मनाउनेहरुलाई बर्खास्त गर्न माग गर्नुभयो ।

कांग्रेसले स्वास्थ्य सामग्री खरिद प्रकरणमा संलग्नहरुलाई बर्खास्त गर्न माग गरेपनि कसैको नाम भने उल्लेख गरेको छैन । धेरैले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पनि यो प्रकरणमा मुछिरहेका छन् । तर आज नयाँ वर्षका अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री ढकालले अहिले देशलाई महामारीबाट बचाउने बेला रहेकोले बाँकी बहस पछि गर्न आग्रह गर्नुभएको छ । मन्त्री ढकालले महामारीको यो समयमा जनताको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्नसबैले एकजुट हुनुपर्ने बताउनुभयो ।

मुलुकभर अहिलेसम्म १४ जना कोरोना संक्रमित व्यक्ति फेला परिसकेका छन् । काठमाडौँमा आज मात्रै थप तीनजनामा कोरानाको आशंका गर्दै अस्पताल भर्ना गरिएको छ । संक्रमितहरुको संखया बढ्ने क्रम जारी छ । आफ्नो प्रयासले अहिलेसम्म कसैको मृत्यु नभएको दाबी गर्ने सरकारले महामारीको अवस्था निम्तिन नदिन परीक्षणको दायरा बढाउनुपर्ने कुरामा विज्ञले जोड दिएका छन् । त्यसैले संक्रमित थोरै छन् र मृत्यु कसैको पनि भएको छैन जस्ता कुरामा जस लिनुभन्दा सम्भावित दुर्घटना रोक्न सरकारले ध्यान दिनुपर्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP