Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

राप्ती गाउँपालिकामा एकै घरका ५ जनालाई बेलझुण्डीको कोरोना विषेश अस्पतालमा र २ जनालाई क्वारेन्टाइनमा भर्ना

ओमप्रकाश गुप्ता
सिसहनियाँ

दाङ देउखुरीको राप्ती गाउँपालिकामा एकै घरका ५ जनालाई आइसोलेसनमा र २ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । वीरगन्जबाट कैलाली पुगेकी एक ६५ वर्षीया कोरोना संक्रमित महिला सँगै यात्रा गरेका दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ कटेशनाला निवासी एक पुरुष र उनका परिवारका सदस्य गरि ५ जनालाई बेलझुण्डीको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

चैत १७ गते संक्रमित महिलासँगै वीरगन्जबाट दाङको सबैभन्दा पूर्वी बजार भालुवाङ सम्म उनीहरुले सँगै यात्रा गरेको खुलेपछि प्रहरीले खोजेर मंगलबार आइसोलेसनमा ल्याएको हो।
दाङका कोरोना फोकल पर्सन कमल चन्दले संक्रमित महिलासँगै यात्रा गरेका पाँच जनालाई दिउँसो मात्रै तुलसीपुरको बेलझुण्डी स्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा पुर्‍याइएको बताए। ति पाँच जना सहित बेलझुण्डीको कारोना विषेश अस्पतालको आइसोलेशनमा बस्नेको संख्या अहिले १४ पुगेको छ । ती पाँच जनाको स्वाब केहि दिनमै पठाउने अस्पतालका फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् ।

यसै बिच पर्वत जिल्लाबाट दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ मा अाएका २ पुरूषलाई वडा नम्बर ५ को सर्वोदय मावि सिसहनियाँमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको शाखा प्रमुख राउतले जानकारी दिएका छन् । कामका शिलशिलामा पर्वत गएका उनीहरूलाई ९ नम्बर वडा अध्यक्ष रिमबहादुर सुनारीको अनुरोधमा क्वारेन्टाइनमा राखिएको छ । उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य परिक्षण पछि मात्र छोडिने बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP