Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

राप्ती उद्योग वाणिज्य संघले राप्ती गापालाई ५० हजार बराबरको खाद्य सामाग्री उपलब्ध गराउने

ओमप्रकाश गुप्ता, भालुवाङ

दाङ देउखुरीको राप्ती उद्योग वाणिज्य संघ भालुवाङले राप्ती गाउँपालिकालाई ५० हजार बराबरको खाद्य सामाग्री उपलब्ध गराउने भएको छ । संघका अध्यक्ष जगतप्रसाद पोख्रेलको अध्यक्षता तथा राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा संघका पुर्व अध्यक्ष ताराबहादुर डिसीको विशेष उपस्थितिमा बुधबार अाफ्नै कार्यालयमा सामाजिक दुरी कायम गरि बसेको बैठकले सो निर्णय गरेको हो ।

विश्व व्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले राप्ती गाउँपालिका भित्रका नागरिकलाई राहत प्रदान गर्न संघले संस्थाको कोषबाट सो रकम उपलब्ध गराउने र बाँकी उद्योगी,व्यापारीबाट समेत संकलन गरि थप ३ लाख बराबरको खाद्य सामाग्री उपलब्ध गराउने निर्णय गरेको छ । त्यसै गरि बैठकले दैनिक खुल्दै अाएका किराना तथा खाद्यान्नका पसल अव हप्ताको ३ दिन अाइतवार,मंगलबार र विहिवार विहान ६ देखि ९ बजे सम्म मात्र खोल्ने निर्णय गरेको छ ।

भने बजारमा हुने कालोबजारी,कृतिम अभाव सिर्जना हुन नदिन र लकडाउनको पुर्ण पालाना भए नभएको,सामाजिक दुरी कायम भए नभएको लगायतका विषयमा अाफ्नो कार्यक्षेत्र भित्र अनुगमन गर्न विभिन्न व्यक्तिहरूलाई जिम्मेवारी समेत तोकेको छ ।

जस अनुसार वडा नम्बर १ मा संघका वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्की,सल्लाहकार नारायण शर्मा,बुधर अलि वडा नम्बर २ मा संघका महासचिव सुरज खड्का,लालमटिया बजार व्यवस्थापन समितिका अध्यक्ष युवराज भुसाल,वडा नम्बर ३ मा संघका कोषाध्यक्ष श्रीधर खत्री,सन्तोष अधिकारी र ४ नम्बर वडामा संघका सदस्य सन्तोषकुमार गुप्ता र माैरीघाट बजार व्यवस्थापन समितिका अध्यक्ष बेगमबहादुर बस्नेतलाई जिम्मेवारी तोकेको छ । बैठकको सहजीकरण संघका महासचिव सुरज खड्काले गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP