काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी बजेटबाट सांसदहरुका लागि दिइने निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम हटाउनुपर्ने बताउनुभएको छ । उहाँले अहिले धेरै रकम पूर्वाधारका क्षेत्रमा खर्च भइसकेकाले टेण्डर नभएको रकम फिर्ता गरी आउने बजेटबाट यो व्यवस्था हटाउनुपर्ने धारणा राख्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहमा कुरागर्दै अध्यक्ष तिमिल्सिनाले अहिले सरकारले चालेका कदमलाई थप प्रभाकारी बनाउदै भएका साधन र स्रोतको उचित प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले जनतालाई मात्र लकडाउन नभएको र मन्त्रीदेखि सांसद सवैलाई लकडाउन लाग्ने भन्दै सडकमा नआउन आग्रह गर्नुभयो ।
उहाँले अहिलेको अवस्थाबाट सवै जनता अत्तिएका भएपनि सवैले उचित समय सम्म महामारीबाट बच्चन आफुले पनि काम गर्नु पर्ने र जनता बचाउन सरकारले सक्दो प्रयास गरिरहेको दावी गर्नुभयो । राहतमा देखिएका केहि अनियमितामाथि छानविन गरी कारवाही गरिने र खाद्यान्न सवैले सहयोग गरिरहेकोले सरकारले कसैलाई भोको नराख्ने बताउनु भयो ।
तिमिल्सिनाले भन्नुभयो,‘अहिले घरमा बस्नुस भनेको समयमा सडकमा आउने । सडक र जंगलमा हिडीदिने गर्दा संक्रमणको त्रास भएको छ । सरकारको निर्देसन पालना नगर्नेहरु भोकमरीमा पर्न सक्छन् । सञ्चार क्षेत्रले समस्या परेको कुरा सरकारसंम्म पुर्याउने र सडकमा गएकहरुलाई घर जान नहुने भन्ने कुरा भन्न्नुपर्छ । सवै आफ्नो ठाँउमा बसेको खण्डमा राहत पुर्याउन सहज हुन्छ । नगर भनेको काम गर्ने अनि आपत पर्यो भन्ने’ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया