माधव बेल्वासे
कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ का अध्यक्ष टेकलाल सापकोटाले शिवराज नगरपालिकालाई ६ क्युन्टल २५ किलो चामल सहयोग गर्नुभएको छ । विपतको समयमा विपन्न परिवारलाई राहत होस भन्ने उद्देश्यले नगरपालिकालाई चामल सहयोग गर्नुभएको हो । विहिवार नगरप्रमुख नेत्रराज अधिकारीलाई उक्त चामल प्रदान गर्नुभएको हो ।
वडा अध्यक्षले प्रदान गरेको चामल विपन्न परिवार सम्म पुर्याउने नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । अधिकारीले सहयोगी मनहरुलाई धन्यवाद समेत दिनुभयो ।कोरोना भाइरसले मुलुकलाई संकटमा पार्ने अवस्था आएकोले यस बाट बच्न सवैमा अपिल समेत गर्नुभएको छ । नगरका कोहि पनि भोकभाकै मर्न पर्ने अवस्था आउन नदिन नगरपालिका पुर्ण रुपमा सहयोगको लागि लागेको समेत उहाँले जनाउनुभयो ।शिवराज नगरपालिकाले पहिलो चरणको राहत वितरण गरेको छ भने दोस्रो चरणको लागि तयारी थालेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया