Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

अनेरास्ववियूको विज्ञप्ति क्याम्पसको लेटरप्याडमा, खुलेआम चाकडीको भाषा प्रयोग

काठमाडौं । राजनीतिक भागबन्डाको आधारमा माथिल्लो पदमा पुगेकाहरूले आफ्नो पदको गरिमालाई बुझ्न नसक्दा खुलेआम पदको दुरुपयोग भइरहेको तथ्य फेला परेको छ।

सिद्धार्थ साईन्स क्याम्पस अनेरास्ववियू कञ्चनपुरका विद्यार्थीहरूले आफ्ना केही सहपाठीहरूलाई बाँडेको राहत सामग्रीको विषयलाई क्याम्पसका सहायक क्याम्पस प्रमुख करणसिंह महराले क्याम्पसको लेटरप्याडमा एक विज्ञप्ति जारी गर्दै खुलेआम रुपमा चाकडीको भाषा प्रयोग गरेको पाइएको छ।

महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०७७–०१–०२ गतेका दिन कञ्चनपुर लिल्ला भीमदत्त नगरपालिका वडा नं. १८ स्थित सिद्धनाथ साईन्स क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई हाम्रो महान् तथा गौरवशाली संगठन अनेरास्ववियूले कोभिड–१९ नोभल कोरोना भाइसरको कारणले समस्यामा परेका विद्यार्थीहरूका लागि तपसिल बमोजिमको सामग्री उपलब्ध गराई सहयोग गरेको व्यहोरा जानकारी गराउँदै संगठनलाई स–धन्यवाद व्यक्त गर्दछौं ।’

क्याम्पसजस्तो प्राज्ञिक संस्थाले प्रयोग गरेको विज्ञप्तिको भाषा र आशय दुबै लज्जाको बिषय बनेको छ। कोरोना भाइरसका कारण मुलुक लकडाउन भएको बेला विपद्मा परेका आफ्नै सहपाठी विद्यार्थी साथीहरूलाई मानवीय सेवा गर्नु विद्यार्थी संगठनको कर्तव्य हो, एउटा सकारात्मक काम पनि हो । तर यसैलाई बहाना बनाएर क्याम्पस प्रशासनले खुलेआम चाकडी गर्दा पक्कै पनि सकारात्मक सन्देश जाँदैन ।

यता, प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सचिव डा विष्णु पोखरेलले पदको चरम दुरुपयोग भएको र क्याम्पसलाई अनेरास्ववियू कार्यालय जस्तो बनाएको भन्दै खेद व्यक्त गर्नुभएको छ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष वसन्त ढकालले पनि यस्ता विज्ञप्ति निकाल्ने सहायक क्याम्पस प्रमुखलाई क्याम्पसले कारबाही गर्नुपर्ने बताउनुभयो। प्राज्ञिक क्षेत्रमा भागबन्डाको यो कुरूप चित्र भएको ढकालको टिप्पणी छ।

विज्ञाप्ति;

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP