Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

राप्तीमा राहत रकम अाउने क्रम जारी,भालुवाङ खानेपानीद्वारा ६१ हजार भन्दा बढी मुल्य बराबरको खाद्य सामाग्री सहयोग

ओमप्रकाश गुप्ता सिसहनियाँ

दाङ देउखुरी राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा राहत रकम अाउने क्रम जारी रहेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप राप्ती गाउँपालिकाको खाद्य बैंकमा भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समिति राप्ती गाउँपालिका वडा नम्बर १ र २ बाट ६१ हजार ६ सय ५ रूपैयाँ बराबरको खाद्य सामाग्री गाउँपालिकाको खाद्य बैंकमा जम्मा गरेको छ ।

जसमा चामल १ हजार किलो, दाल ५० किलो,नून ४० पोका,खानेतेल ४० लिटर जम्मा गरेको छ । राहतका लागि खाद्य सामाग्री उपलब्ध गराएकोमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले धन्यवाद प्रदान गरेका छन् । साथै भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो सेवा क्षेत्र राप्ती गाउँपालिका वडा नम्बर १ र २ का उपभोत्ताहरुलाई लकडाउन अवधिको खानेपानी महसुलमा ५० प्रतिशत रकम छुट गर्ने समेत गाउँपालिका अध्यक्ष सामु प्रतिबद्धता जनाएकोमा अध्यक्ष सुवेदीले धन्यवाद ज्ञापन गरेका छन् ।

साथै सहयोग गर्न चाहानेले राप्ती गाउँपालिकाको बैक अफ काठमाण्डौ भालुवाङ शाखामा रहेको ग–७–२ स्थानिय तह प्रकोप ब्यवस्थापन कोषको खाता नम्बर ०१५४०००००२६७५२४ मा नगद तथा गाउँपालिकामै आएर जिन्सी सामाग्री प्रदान गर्न समेत गाउँपालिकाले अपिल समेत गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP