काठमाडौं : आजदेखि २७ जिल्लाका ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिइँदैछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रम विद्यालयबाट नै सञ्चालन गरिने जनाएको छ। २७ जिल्लाका बालबालिकालाई १५ असारसम्म पहिलो डोज र साउन २ देखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने मन्त्रालयले जनाएको छ।
बाँकी ५० जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोज खोप दिइने कार्यतालिका छ।
यो उमेर समूहका बालबालिकालाई दिन लागिएको फाइजर बायोएनटेक खोप ९९ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ।
सरकारले प्रत्येक खोप केन्द्रमा एक तालिमप्राप्त स्वास्थ्यकर्मी राख्ने र खोप लगाएका बालबालिकामा केही असर देखिए केन्द्रमा नै उपचारको व्यवस्था गर्ने जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]
प्रतिक्रिया