Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

राप्तीे फिडद्धारा राप्ती गा.पा को ९ वटै वडामा दुई/दुई क्वाइन्टल चामल राहत प्रदान

ओमप्रकाश गुप्ता, भालुवाङ

दाङ देउखुरीको राप्ती गाउँपालिकाका नागरिकहरु राहत नपाएर भोकै बस्न नपरोस् भन्दै तत्काल राहत बितरणका लागि राप्ती फिड इण्डिष्ट्रज प्रा.लि. सतबरिया दाङले ८६ हजार बराबरको चामल गाउँपालिकाको ९ वटै वडाका नागरिकहरुलाई प्रदान गरेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न तथा निम्न वर्गका घरपरिवारलाई गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोष मार्फत पालिकाको ९ वटै वडाहरुमा दुई/दुई क्वीइन्टलका दरले चामल प्रदान गरिएको हो ।

कुनैपनि नागरिक खाना नपाएर भोकै मर्नु नपरोस् भन्दै गाउँपालिकाको ९ वटै वडामा त्यस्ता नागरिकहरुको पहिचान गरी सोही अनुरुप राहत बितरणका लागि सम्बन्धित वडा कार्यालयमै उक्त राहत पु¥याई बितरण गरिएको राप्ती फिड इण्डिष्ट्रज प्रा.लि.का अध्यक्ष लिलाराम खनालले जानकारी दिए । नेपाल सरकारले देशैभरि एकद्धार प्रणालीबाट राहत बितरण गर्ने नीति अनुरुप प्रालिले स्थानीय सरकार राप्ती गाउँपालिकाको स्थानिय तह प्रकोप ब्यवस्थापन कोष मार्फत उक्त राहत उपलब्ध गराएको अध्यक्ष खनालले बताए ।

एक वडालाई ९ हजार ६ सय रुपैयाँका दरले चामल खरिद गरी वडा कार्यालय मार्फत सम्बन्धित वडा कार्यालयका वडाध्यक्षहरुको रोहबरमा राहत बितरण गरिएको अध्यक्ष खनालले जानकारी दिए । उक्त राहत प्रालिका सञ्चालक जगतप्रसाद पोख्रेलले गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीलाई एकमुष्ट प्रदान गरेका थिए । प्रदान गरिएको राहत चामल प्रालिकै सक्रियतामा सम्बन्धित वडा कार्यालयमा पु¥याई सम्बन्धित वडाअध्यक्ष मार्फत सम्बन्धित वडाका नागरिकहरुलाई प्रदान गरिएको प्रालिका सञ्चालक पोख्रेलले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP