ओमप्रकाश गुप्ता ,सिसहनियाँ
दाङको देउखुरीमा माटोको ढिस्कोले पुरीएर एक युवतीको मृत्यु भएको छ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मानपुरका १८ वर्षीया शर्मिला परियारको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
शनिबार बेलुका घर नजिकै घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । माटोले पुरिएर घाइते भएकी परियारको लमहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया