Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

सिसहनियाँ उवा संघद्वारा राप्ती गापालाई १ लाख बढीको खाद्य सामाग्री प्रदान

ओमप्रकाश गुप्ता, भालुवाङ

दाङ देउखुरीको सिसहनियाँ उद्योग बाणिज्य संघले राप्ती गाउँपालिकाको खाद्य बैंकमा १ लाख ६ हजार ७ सय ४० रूपैयाँ बराबरको खाद्य सामाग्री प्रदान गरेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न तथा निम्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप सो खाद्य सामाग्री प्रदान गरेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले राप्ती गाउँपालिका भित्रका नागरिकलाई राहत बितरण गर्न संघको विपद व्यवस्थापन समितिको पहलमा संघको कार्य क्षेत्र भित्रका उद्योगी, व्यापारी,समाजसेवी,बुद्धिजीवी तथा शुभचिन्तकहरूबाट संकलन गरेको उक्त रकम बराबरको खाद्य सामाग्री उपलब्ध गराएको संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

नेपाल सरकारले देशैभरि एकद्धार प्रणालीबाट राहत बितरण गर्ने नीति अनुसार संघले स्थानीय सरकार राप्ती गाउँपालिकाको ५ नम्बर वडामा रहेको खाद्य बैंकमा १ लाख बराबरको २ हजार केजी चामल,९ सय ९० रूपैयाँ बराबरको ९ केजी दाल ,३ हजार ३ सय रूपैयाँ बराबरको ४४ पोका खाने तेल र २ हजार रूपैयाँ बराबरको १ सय केजी नुन खाद्य बैंकमा जम्मा गरेको छ ।

संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चाैधरीको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताले वास्तविक पिडित वर्गको पहिचान गरि राहत वितरण गर्न सुझाव दिएका थिए ।

सो अवसरमा गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चाैधरी, ५ नम्बर वडा अध्यक्ष गोवर्धन रावत,६ नम्बर वडा अध्यक्ष वेदप्रसाद चाैधरी,संघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुर्णबहादुर बुढाथोकी लगायतका वक्ताहरूले बोलेका थिए । कार्यक्रममा संघका पदाधिकारी,सल्लाहकार र पत्रकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP