मालारानी गाउँपालिका वडा नं ३ को आदर्श मा.वि खनदहको क्वारेन्टाइनमा राखिएका २ जना पुरुष र वडा नं ४ को कालिका ने.रा मा.वि खनको क्वारेन्टाइनमा राखिएका २ जना पुरुष गरि चार जनाको शनिबार RDT परिक्षण गरिएको छ ।
नियमानुसार १४ दिन क्वारेन्टाइनमा राखिएपछि उक्त परिक्षण गरिएकोमा चारै जनाको RDT परिक्षण नेगेटिभ आएको मालारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले जानकारी दिनुभयो । शनिबार स्वास्थ्य कार्यालय अर्घाखाँची तथा अर्घाखाँची अस्पतालका स्वास्थ्यकर्मीहरुबाट RDT परिक्षण भएको थियो ।
परिक्षण पश्चात कालिका ने.रा मा.वि खनमा क्वारेन्टाइनमा राखिएका दुई जना पुरुषलाई घरमा एक हप्ता सेल्फ क्वारेन्टाइनमा बस्ने गरि पठाईएको र आदर्श मा.वि खनदहमा रहेका दुई जना पुरुषलाई डाक्टरको सल्लाह अनुसार थप ३ दिन स्कुलमै क्वारेन्टाईनमा राखिने पालिकाका स्वास्थ्य शाखा प्रमुख भविश्वर खनालले जानकारी दिनुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया