ओमप्रकाश गुप्ता ,सिसहनियाँ
दाङ देउखुरीको सत्यसाई मेडिकल हल राप्ती गाउँपालिका ५ प्रगतिनगर सिसहनियाँले दिर्घ रोगका विरामीलाई २ महिना पुग्ने गरि निशुल्क अाैषधी वितरण गर्ने भएको छ । बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाईरसको जोखिमलाई ध्यान दिदै नेपाल सरकारले गरेको लकडाउनका कारण बिपन्न तथा गरिव परिवारले दिर्घरोगको आैषधी किन्ने पैसाको अभाबले बिचमा आैषधी छोड्नु पर्ने अवस्था अाउन नदिन त्यस्ता बिरामीलाई करिब २ महिनाको लागि पुग्ने आैषधी वितरण गर्ने मेडिकलका सञ्चालक तथा स्वास्थ्यकर्मी ईश्वरीप्रसाद अधिकारीले घोषणा गरेका हुन् । साथै उनले निशुल्क बितरण गर्ने अाैषधीको लागि चिकित्सकको पुर्जा लिएर सम्पर्क गर्न ९८४७८६१३२० मा बिहान ८-१० बजे सम्म उपलब्ध गराइने उनले बताएका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया