Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

स्थानीय महिलाकै मिलेमतोमा कपिलवस्तुको शिवराजकी १५ बर्षिया बालिका बलात्कृत

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ८ मा एक बालिका बलात्कृत भएकी छिन् । बालिकालाई मोबाइल किनिदिने भन्दै बलात्कार गरिएको बुझिएको छ ।
स्थानीय एक महिला रेहाना बानु शेखले बालिकालाई मोबाइल किनिदिने भन्दै ललाई फकाई गरि आफ्नो घर लगेको र त्यहाँ स्थानीय २२ बर्षीय सागिर अलीले जर्बजस्ती गरेको पीडित बालिकाले बयान दिएकी छिन् । वैशाख ३ गते शिवराज ८ विसनपुरकी १५ बर्षिया बालिकालाई मोबाइल किनीदिने भन्दै बलात्कार गरिएको घटना बाहिर आएको छ ।

बालिकाले मोबाइल नचाहिने तर गलत कार्य नगर्ने भन्दै भाग्न खोज्दा घरको ढोका लगार्ई महिला रेहानाले जर्बजस्ती समातेर बाधेको र सागिरले बलात्कार गरेको पीडित परिवारले प्रहरीमा जानकारी दिएको छ । बालिकाले आफु माथी ३ पटक जबरजस्ती करणी भएको बताईकी छिन् । बालिका बलात्कार भएको उजुरीका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाले बलात्कारमा सहयोग गरेकी आरोपी रेहान बानु शेखलाई सोहि दिन नै नियन्त्रणमा लिएको छ ।

बलात्कारका आरोपी सागिर अलि विरुद्ध जबरजस्ती करणीको मुद्धा दर्ता गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख दिपेश खरेलले बताए । आरोपीत फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP