Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

देउखुरीको माैरीघाटमा व्यवारिसे पैसा फेला

ओमप्रकाश गुप्ता ,सिसहनियाँ

देशभर कोरोनाको संत्रास फैलिरहेका बेला दाङ देउखुरीको राप्ती गाउँपालिका ५ माैरीघाट पेट्रोल पम्प नजिक मंगलबार विहान वेवारिसे पैसा फेला परेको छ ।रातीको समयमा पेट्रोल पम्प नजिकै बाटोको वरिपरि २ वटा १००/१०० को नोट र १ वटा ५ ०० को नोट गरि ७ सय रूपैयाँ फेला परेको राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्रीले जानकारी दिएका छन् ।

सो पैसा अज्ञात व्यक्तिले फालेको हुन सक्ने स्थानीयले बताएका छन् । पैसाबाट पनि कोरोना भाइरस सर्न सक्ने भन्दै स्थानीय अग्नु चाैधरी र कमल चाैधरीले फेला पारेको पैसा स्थानीय र वडा अध्यक्षकाे राेहबरमा गडिएको थियो ।

त्यस पछि इलाका प्रहरी कार्यालयबाट अाएको टोलीले गाडीएको ठाउँबाट पैसा निकासी सेनिटाइजर स्प्रे गरेर इलाका प्रहरी कार्यालय भालुवाङमा सुरक्षित तरिकाले राखेको प्रहरीले जानकारी दिएको छ । स्थानीयले अज्ञात व्यक्तिले पैसा फालेको भनेता पनि प्रहरीले भने गाडीबाट खसेको वा तरकारी व्यापारीबाट पैसा हराएको हुन सक्ने बताएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP