Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

राप्ती गाउँपालिकाको ९ वटै वडामा दोस्रो चरणको राहत वितरण सुरू

ओमप्रकाश गुप्ता ,सिसहनियाँ

दाङ देउखुरीको राप्ती गाउँपालिकाको ९ वटै वडाले दोस्रो चरणको राहत वितरण सुरू गरेका छन् । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत प्रदान गर्न वडा अध्यक्ष सहितको टोली टोल टोलमा पुगेर राहत वितरण गरेका छन् ।

गाउँपालिकाको ९ वटै वडाहरुबाट विपन्न तथा लगडाउनबाट प्रभावित घरपरिवारलाई चामल,दाल नुन, तेल,सावुन लगायतका सामग्री वितरण गर्ने कार्यक्रम अनुसार दैनिक रुपमा ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने तथा अपांगता, जेष्ठ नागरिक,एकल महिला र असहाय वर्गका घरपरिवारलाई दोस्रो चरणको राहत प्रदान गरेका हुन् ।

करिव १० हजार बढि घरधुरी र ५३ हजार बढि जनसंख्या रहेको गाउँपालिकामा करिव १ हजार बढि गरिव विपन्न घरधुरीलाई दोस्रो चरणको राहत टोल बस्तीमै गएर वितरण गर्न सुरू गरेका हुन् । दोस्रो चरणमा प्रति परिवार १५ देखी २५ किलो चामल, एक एक किलो दाल, १ प्याकेट नुन, एक लिटर तेल र एक देखि दुई पिस साबुन वितरण भइरहेको बताइएको छ।

यसै क्रममा वडा नम्बर १ मा ताराबहादुर डिसीको अगुवाइमा ५ सय ८८ घर परिवार, वडा नम्बर २ मा वडा अध्यक्ष जगतबहादुर थापाको अगुवाईमा ५ सय १ घरपरिवार, वडा नम्बर ३ मा वडा अध्यक्ष चन्दर चाैधरीको अगुवाइमा ४ सय ६२ घरपरिवारलाई,वडा नम्बर ४ मा वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्रीको अगुवाइमा ३ सय ७२ घरपरिवारलाई,वडा नम्बर ५ मा वडा अध्यक्ष गोवर्धन रावतको अगुवाइमा २ सय ४५ घरपरिवारलाई , वडा नम्बर ६ मा वडा अध्यक्ष वेदप्रसाद चाैधरीको अगुवाईमा ३ सय १ घर परिवारलाई, वडा नम्बर ७ मा वडा अध्यक्ष विद्याशरण चाैधरीको अगुवाईमा २ सय ५२ घर परिवारलाई राहत वितरण गरेको छ भने वडा नम्बर ८ र ९ मा वितरण गर्न बाँकी रहेको सम्बन्धित वडा अध्यक्षहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP