Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

गोली लागेको अवस्थामा नीलगाई मृत भेटियो

कपिलवस्तु ,९ वैशाख। लकडाउनको मौका छोपी कपिलवस्तुको महाराजगंजमा निलगाईको शिकार गरिएको छ । सोमबार महाराजगंज नगरपालिका महाराजगंज ९ जितपुरमा शिकारीहरुको समूहले जंगलबाट बस्ती तर्फ गइरहेको निलगाई लखेटेर मारेका हुन् । विहान ८ बजे स्थानीय किसानले जितपुरको खेत किनारमा गोली लागि मरेको अवस्थामा निलगाई देखेपछि प्रहरीलाइ खबर गरेका थिए । निलगाई लाई गोली हानी मारिएको मौखिक उजुरी इलाका प्रहरी कार्यालय कृष्णनगरमा सोमबार दिउसो परेको थियो । उजुरी लगत्तै प्रहरीले गाउँमा खानतलासी गरेको थियो । सो क्रममा शंकास्पद २ जनालाई नियन्त्रणमा लिएपनि निलगाईको शव र हथियार नभेटिएको भन्दै राती दुबै व्यक्तिलाई छाडेको थियो ।

तस्वीर : घटनापछि खानतलासी गर्दै प्रहरी

स्थानीयबासीका अनुसार स्थानीय गाँउकै मेहताब मुसलमानले आफु संग भएको भरुवा बन्दुकबाट निलगाईलाई गोली हानेका थिए । गोली प्रहार पछि निलगाई भागेको र खोज्दा नभेटिएपछि गाउँमा हल्ला भएको थियो । प्रहरीले खानतलासी गर्दा समेत केहि नभेटेपछि फिर्ता गएको थियो । मेहताब संग भएको बन्दुकको लाइसेन्स समेत नरहेको र अवैध रुपमा यस अघि पनि उनले शिकारहरु गर्ने गरेको स्थानीय श्रोतको दाबी छ । घटना पछि प्रहरीले गौतमबुद्ध डिभिजन बन कार्यालय चन्द्रौटालाई खबर गरेको छ । घटनामा संलग्नको खोजी भइरहेको र यसको अनुसन्धान गर्ने अधिकार बन संग रहेकाले उहालाई निलगाईको शव र घटना मुचुल्का प्रतिवेदन बुझाउने तयारी रहेको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP