ओमप्रकाश गुप्ता, सिसहनियाँ
दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सर्बोदय माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहेका दुई जना पुरूषको रिपोर्ट नेगेटिभ अाएको छ । कामको शिलशिलामा संक्रमित भेटिएको जिल्लावाट पैदल तथा हुलहालमा समाबेश हुदै आएका राप्ती गाउँपालिका वडा नम्बर ९ बरडाडाँका वर्ष ५० का धनबहादुर विक र वर्ष १९ का दिपक विकलाई जिल्ला स्वास्थ्य कार्यालय दाङ र सिसहनियाँ स्वास्थ्य चौकीको नियमित चेकजाँच गर्दा कुनैपनि लक्षण देखिएको र थप आरडिटि किटवाट रक्त परिक्षण गर्दा कोरोना नतिजा नेगेटिभ आएको राप्ती गाउँपालिकाले जनाएको छ ।
नतिजा नेगेटिभ अाएपछि थप केहि दिन होम क्वारेन्टीनमा बस्ने गरि घर पठाइएको छ । मंगलवार राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, लेखा अधिकृत धनप्रसाद शर्मा, स्वास्थ्य शाखा संयोजक नारायण राउत, लेखापाल रेशमराज अधिकारी लगायतको गाउँपालिकाको टोलीले ती दुवै संग भेटघाट गरि क्वारेन्टाइनको बसाईको अवस्था बारे बुझेर घर जाने सहज बाटो सम्म जानको लागि एम्बुलेन्सको ब्यवस्थाका साथ विदाई गरेका छन् ।
कोरोना भाइरसको संक्रमणको जोखीम रोक्न लगडाउन गर्नुपुर्व भारतवाट राप्ती गाउँपालिकामा १ सय ५६ जना आएकोमा सबैलाई होम क्वारेन्टिनमा राखिएको थियो साथै समय समयमा उनीहरुको स्वास्थ्य चेक जाँच समेत गरिदै आएको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया