रंजित चौरसिया, वीरगंज
वीरगन्जको नारायणी अस्पतालमा मंगलबार पुगेर एजे ग्रुपमा सहभागि ७ जना पत्रकारले आफनो आरडिटी परीक्षण गराएका थिए । पर्साका संचारकर्मीहरुले मंगलबार गराएको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । परीक्षण गराएको २० मिनेट पछि आएको रिपोर्टमा नेभेटिभ देखाएको छ ।
पत्रकारहरुले गराएको आरडिटी परिक्षणको रिपोर्ट नेगेटिभ आएको नारायणी अस्पतालमा मेडिकल सुप्रिटेन्डेन्ड डा. मदन उपाध्यायले पनि जानकारी गराए । वीरगन्जमा तीनजना भारतीय कोरोना संक्रमित भेटेपछि पर्सा जिल्लावासी नै सन्त्रासको वातावरणमा बस्दै आएका छन् ।
समाचार संकलन गर्न विभिन्न ठाउँमा आउने जाने, तथा विभिन्न व्यक्तिहरुको सम्पर्कमा रहेका कारण पहिला आफूनै विश्वस्थ हुनको लागि आरडिटी परिक्षण गराएको एजे ग्रुपमा सहभागि एपी खबर अनलाईनका दिपक चौरसियाले बताए ।
‘हामी पनि फ्रन्टलाईन बसेर जोखिम पूर्ण काम गरीरहेका छौं तर पत्रकारहरुको सुरक्षामा अहिले सम्म नेपाल पत्रकार महासंघ पर्साले पनि कुनै पहल समेत गरेको छैन’। हामी आफै सचेत भएर एजे ग्रुपमा सहभागि ७ जना संचारकर्मीहरुले नारायणी अस्पतालका वरिष्ठ चिकित्सक उदयराज सिंहको समन्वयमा आरडिटी परिक्षण गराएका हौँ जसको रिपोर्ट निगेटिभ नै आएको छ ।’
पर्सेली सञ्चारकर्मीहरु पनि फ्रन्टलाईनमा रहेर कोभिड–१९ महामारीको बिच आफ्नो जिम्मेवारी निर्वाह गरिरहेकोले सम्पूर्ण सञ्चारकर्मीहरुको पनि समय–समयमा कोभिड–१९ चेकजाँचको वातावरण निर्माण गर्न नेपाल पत्रकार महासंघ पर्सा एवं नेपाल पत्रकार महासंघ प्रदेश नं. २ समितिलाई उनले आग्रह गरे । साथै पर्सेली पत्रकारहरुको सुरक्षाको लागि आवश्यक मास्क, सेनिटाईजर लगायतका सुरक्षा कवछको व्यवस्था मिलाई दिन उनले आग्रह गरे ।
‘सम्भवत अहिले सम्म कुनैपनि पत्रकारले आफनो आडिटी परिक्षण गराएका छैनन पहिलो परिक्षण गराउँने पत्रकार हामी नै हो। उनले फिल्डमा काम गर्ने अन्य पत्रकारहरुले पनि आ—आफनो आरडिटी परिक्षण गराउँन अनुरोध गरेका छन । समाजिक दुरी कायम गरी र सरकारले लागु गरेको लकडाउनलाई प्रभावकारी बनाउँन आ—आफनो स्तरबाट सकारात्मक भुमिका निर्वाह गर्न सम्पूर्ण पर्सेली संचारकर्मीलाई द नेपाल टप पर्साकर्मी नरेश सर्राफले आग्रह गरे ।
आरडिटी परिक्षण गराउँनेमा एजे ग्रुपमा सहभागि द नेपाल टपका नरेश सर्राफ, एपी खबर अनलाईनका दिपक चौरसिया, वीरगन्ज दैनिक अनलाईनका रन्जित चौरसिया, सूर्योदय टिभीका पत्रकार श्रवण साह, आजतक दैनिकका विनोद पटेल, रातोपाटीका अमित अग्रवाल, भोजपुरी टाईम्सका अजय चौरसिया रहेका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया