Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

जनमोर्चाले लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिबस मनायो

ओमप्रकाश गुप्ता ,

दाङ

राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर समितिको आयोजनामा लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिबस सम्पन्न भएको छ । २२ अप्रील १८७० मा भोल्गा नदिको नजिक रुसमा लेनिनको जन्म भएको थियोे ।

२००६ साल बैसाख १० गते लेनिन को जन्म दिन पारेर नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियोे । अहिले कम्युनिस्ट पार्टी विभिन्न चिरामा भए पनि सबैको स्थापना यहि हो । अहिलेको असहज परिस्थितिका कारण भौतिक रुपमा साथै रहेर कार्यक्रम गर्न नसकेता पनि भिडियो कन्फरेन्स मार्फत उक्त कार्यक्रम भएको हो ।

राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर अध्यक्ष हरि खरेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले लेनिनको जन्म र जिबनीको बारेमा प्रकाश पार्दै नेपाली कम्युनिस्ट आन्दोलनको बर्तमान अबस्थाको बारेमा बताएका छन् ।

उनले बर्तमान नेकपाको सरकार कम्युनिस्ट ब्यबस्थाको सारथी होइन बाधक भएको कुरा बताए । उनले अहिलेको प्राकृतिक बिपत्तिको बेला पनि विभेद गरेको र ठिक ढंगले बिपत्ति सामना गर्न लाग्न नसकेको कुरा बताए ।

त्यसै गरि अहिलेको कोरोना भाइरसको कारणले कामदार र कमजोर आर्थिक अबस्था भएका जनताको सहयोगी बन्न सम्पपुर्ण नेता कार्यकर्तालाई अनुरोध गरेका थिए । कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सदस्य रामबहादुर घर्ती, अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष मिनु सुवेदी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका जिल्ला सदस्य रामप्रसाद पोख्रेल लगायतले मन्तव्य राखेका थिए ।

राष्ट्रिय जनमोर्चा घोराही १४ का अध्यक्ष नारायण खरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर उपाध्यक्ष मनिराम खनालले गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP