Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कोरोना भाइरसले पनि छेकेन उद्वार कार्य, सडकपेटीबाट एक अामाको उद्वार

ओमप्रकाश गुप्ता, सिसहनियाँ

अहिले विश्वलाई कोरोना भाइरसले अक्रान्त बनाएको छ । नेपाल सरकारले कोरोना भाइरस रोकथामका लागि देश पुरै लकडाउन गरेको छ । अति अावश्यक काम बाहेक कसैलाई पनि बाहिर निस्कन दिएको छैन । साथीभाई,इष्टमित्र भेटघाट,भेला तथा कुनै पनि कार्यक्रम गर्न बन्देज लगाएको छ ।

अहिले अाम नागरिकलाई सरकारले घरभित्र सुरक्षित तरिकाले बस्न भनेको छ । तर सडकपेटीमा बस्ने,मानसिक सन्तुलन गुमाएका,बेसाहारा नागरिकको सुरक्षामा भने सरकारले ध्यान दिएको छैन । मानाै कि उनीहरू मानवनै होइनन् जस्तो । तर दाङको एक संस्थाले भने सडकपेटीमा बसेका मानसिक सन्तुलन गुमाएका,बेसाहारा नागरिकको सुरक्षामा ध्यान दिदै उद्वार कार्यलाई निरन्तर रूपमा अगाडि बढाएको छ ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा अाश्रमले लकडाउनको कठिन परिस्थितिमा एक छाक खाना नपाएर कोहि मर्न नपरोस भन्ने उदेश्यले राप्ती गाउँपालिका वडा नम्बर ८बिजौरीमा सडक पेटिमै रहने सहयोगापेक्षि आमालाई बुधबार दोश्रो पटक उद्दार गरि निलसागर सेवाश्रम पिपरीमा ल्याएको छ ।

सबैका लागि खाना,नाना र छाना राप्ती गाउँपालिकाको चाहाना भन्ने नारा बोकेर मानव उद्वारमा लागेको संस्थाले ती अामालाई उद्वार गरि उनको स्वास्थ्य अवस्था चेक गर्दा ज्वरो नभएको तर मानसिक तथा शारीरिक अवस्था भने निकै कमजोर रहेको अध्यक्ष विष्टले बताएका छन्।

उद्वार गरिएकी अामालाई आश्रममा राखेको संस्थाका अध्यक्ष विष्टले जानकारी दिएका छन् । ८ नम्बर वडा अध्यक्ष गोकर्णबहादुर रानाको अगुवाईमा अभियान्ता तथा संस्थाका देवप्रसाद चौधरी,रमेश गौतम,तुलसरा बिसी र संस्थाका अध्यक्ष प्रकाश विष्ट खटिएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP