Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

वडा अध्यक्ष र समाजसेवीद्वारा विजयनगरलाई १ लाख ३७ हजार सहयोग

विजयनगर

कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष पे्रम बहादुर कलवारले विजयनगर गाउँपालिकालाई बुधवार १ लाख दुई हजार रुपियाँ सहयोग गर्नुभएको छ । उहाँले विजयनगर गाउँपालिकाको विपद् व्यवस्थापन कोषको बैँक खातामा उक्त रकम जम्मा गर्नुभएको हो ।

त्यस्तै विजयनगर वडा नं. ६ का फरेना निवासी समाजसेवी प्रवेज आलम खाँले २५ हजार रुपियाँ र शिवराज नगरपालिका ६ कुदरबेटवाका कमरान खानले १० हजार रुपियाँ सहयोग गर्नु भएको हो ।

अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको समस्यामा परेका गरिब, विपन्न र गरी खाने मजदूर वर्गका घरपरिवारका लागि उक्त रकम बैँक मार्फत सहयोग गरेको वडा अध्यक्ष प्रेम बहादुर कलवारले बताउनुभयो ।

यस संकटको घडीमा सरकारले लगाएको लकडाउनलाई पालना गर्न सबै नागरिकलाई कलवारले अनुरोध समेत गर्नुभयो । उहाँले सरकारले लगाएको लकडाउन नै अहिलेको सुरक्षा महत्वपूर्ण रहेको बताउँदै कोरोना भाइरसबाट बच्न र सचेत रहन आग्रह गर्नुभयो ।

अहिलेको कोरोना महामारीको विषम परिस्थितिमा गाउँपालिकाको गरिब, विपन्न र गरी खाने मजदूर वर्गहरुका लागि यस बाध्यात्मक घडीमा सहयोग गर्नुभएकोमा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले उहाँहरुलाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP