Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

मानवीय सेवामा समर्पित सुर्यकिरणले अहिले सम्म ७० जना विरामीको घरमा अाैषधी पुर्‍याए

ओमप्रकाश गुप्ता
सिसहनियाँ

मानवीय सेवामा समर्पित अाशाका किरणहरू नामक संस्थाका अध्यक्ष सुर्यकिरण केसीले ७० जना विरामीको घरमा अाैषधी पुर्‍याउन सफल भएका छन् । लकडाउनका कारण नियमित आैषधी सेवन गर्ने विरामीहरू अस्पताल सम्म अाउन नसक्ने अवस्थालाई मध्यनजर गरी राप्ती गाउँपालिका १ भालुवाङ निवासी संस्थाका अध्यक्ष केसीले गाउँपालिका भित्रका विरामीहरूको घर घरमा अाैषधी पुर्‍याउने पुर्‍याउदै अाएका छन् ।

कोही पनि दिर्घ रोगका विरामी,जेष्ठ नागरिक,अपांग,अशक्त,टुहुरा विरामीलाई विरामीको पर्चाका अाधारमा उनीहरूको घर सम्म अाैषधी पुर्‍याउने गरेका छन् । कोरोना भाइरसले देश संकटको अवस्थामा रहेको बेला संस्थाका अध्यक्ष केसीले मानवीय सेवा गर्ने योजना बनाएर कुनै पनि विरामीलाई अकालमा मर्न नदिन यस्तो योजना बनाएको बताएका छन् ।

उनले राप्ती गाउँपालिका १ भालुवाङमा रहेको गुराँस फार्मेसी र घोराही, लमही, बुटवल, चन्द्रौटा,काठमाडौं र चितवनबाट औषधी मगाएर भए पनि अाैषधी पुर्‍याउदै अाएको बताएका छन् ।

मेडिकल पार्टनर गुराँस फार्मेसीको सहयोगमा विरामीले प्रत्येक दिन बेलुका ५ बजे सम्म पर्चाका अाधारमा गुराँस फार्मेसी राप्ती गाउँपालिका राप्ती गाउँपालिका १ भालुवाङको सम्पर्क म्यासेजमा वा फेसबुक पेजमा औषधीको नाम लेखेर पठाउनु पर्ने वा सम्पर्क नम्बर 9866732548 मा अाैषधीको नाम टिपाउन केसीले अाग्रह गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP