Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

बालगृहको राशनमा अनियमितता, १० लाखको अक्षयकोष बेपत्ता

कपिलवस्तु , ११ वैशाख ।

सार्वजनिक रुपमा श्रोत साधनको अभाव देखाउदै आएको कपिलवस्तु बाल गृह भित्र अनियमितताले जडा गाडेको भेटिएको छ । बालगृह प्रशासन तथा संचालकहरुले असहाय बालबालिकाको नाममा संकलन गरिएका श्रोत साधनको चरम दुरुपयोग गरेका हुन् ।

अभिभावक नभएका, असहाय, टुहुरा बालबालिकाको नाम उठाइएका श्रोत साधनलाई आफुखुशी र व्यक्तिगत लाभ हुने गरि खर्च गरेको दाताहरुकै आरोप छ । बुधबार प्रेसपाटीले बालगृहमा अनियमितताको आशंका बारे समाचार प्रकाशन गरेपछि बालगृहले राशन खरिद गरेको र खुवाएको दररेट सार्वजनिक गर्यो ।

जसबाट उक्त आरोप सहि भएको र अनियमितता भएको पुष्टि भएको छ । बालगृहले ८ सय पर्ने खसीको मासु १ हजारमा किनेको छ भने सरकारले तोकेको २० रुपैया किलोको नुन २५ र ७० रुपैया लिटर दुध ७५ मा किनेको छ । बालमन्दिरले सार्वजनिक गरेको दररेट बजार दररेट भन्दा निकै महंगो छ । सोहि आधारमा साउन देखि चैत मसान्त सम्मको २९ जना बालबालिका सहित ४ कर्मचारी गरि ३३ जनाको राशन खर्च देखाइएको छ ।

बर्षभरीमा ६८ क्वीन्टल चामलमा ३ लाख ४२ हजार खर्च देखाइएको छ तर चालु आबमै बालगृहले बाणगंगा नगरपालिका क्षेत्रबाट मात्रै ६० क्वीन्टल चामल सहयोग प्राप्त भएको छ । तर त्रैमासिक खर्च विवरणमा चामल किनेको देखाइएको छ । 

            बाल गृहले ९ महिनामा राशनमा मात्रै १३ लाख ४२ हजार खर्च देखाएको छ । सरकारले सार्वजनिक संस्थानले १० लाख माथिको सामाग्री खरिद गर्दा अनिवार्य रुपमा सार्वजनिक सुचना जारी गरि दरभाउपत्र आह्वाहन गर्नुपर्दछ ।

तर २०६४ साल यता बालगृहले सार्वजनिक खरिद ऐन लत्याउदै आफुखुशी खाद्यान्न सामाग्री किन्दै आएको छ । त्यो पनि बजार मुल्य भन्दा निकै महंगो । बालबालिकालाई झै अस्पताल, डिभिजन बन, प्रहरीले पनि राशनको ठेक्का दिने गर्दछन् । जसमा सबै स्केल तोकिएको हुन्छ । जुन प्राय बजारको दरभाउ भन्दा कम हुने गर्दछ ।

तर यहाँ बालमन्दिर संचालक र व्यवस्थापकले नै कालोबजारी गरेझै चर्को मुल्यमा सामाग्री खरिद गरेका छन् । बालमन्दिरले सार्वजनिक गरेको खर्च आफैमा विवादित र शंकास्पद रहेको समितिकै सदस्य गोपीकृष्ण शर्माको आरोप छ

। साउन देखि २९ जना बालबालिकाको खर्च देखाइएको छ जुन गलग हो असोज सम्म १९ जना र कार्तिक बाट १० जना थपिएको हुदा त्यहि अनुसारको खर्च सार्वजनिक गर्नुपर्ने उहाको भनाई छ । 

बाल गृहले राशन खरिद गरेको दररेट र बजारको मुल्य

        बालगृह संचालक समितिले राशनमा मात्रै होइन राहतमा पनि मनपरि खर्च गरेको छ । लुम्बिनी स्थित होटल कासाईले बालगृह संचालन गर्नका लागि २०७३ साल असार १५ गते बालगृहलाई १० लाख रुपैया सहयोग गरेको थियो ।

उक्त रकम बालगृहको नाममा अक्षयकोष खडा गर्ने र त्यसबाट बार्षिक रुपमा आउने रकमबाट गृह संचालन गर्न तत्कालिन प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरे तथा कासाई होटलका प्रबन्धक विनेश मानन्धरले आग्रह गर्नुभएको थियो ।

त्यतिबेला सोहि अनुसार गर्ने भनेका संचालकहरुले पछि उक्त रकम बालगृह संचालमा लागेको ऋण तथा कर्मचारी तलबमा खर्च गरेको संमिति सदस्यहरुले जानकारी दिएका छन् । बालगृह संचालक समिति सदस्य राजेश ज्ञवालीले त्यतिबेला आफ्नो पहलमा कासाई होटलबाट राहत मिलाएको तर उक्त रकम अक्षयकोषमा जम्मा नभएका बताउनुभयो ।

“बाल गृहले उक्त रकम के मा खर्च गर्यो मलाई थाहा भएन” उहाले भन्नुभयो । कपिलवस्तु बालगृह प्रमुख रामप्रसाद अर्यालले पनि बाल गृहको नाममा ३ लाखको अक्षयकोष कृषि विकास बैंकम भएको र अरु कुनै अक्षयकोष नभएको बताउनुभयो । त्यतिबेला उक्त रकम कर्मचारी तलब र खाद्यान्नको ऋणमा खर्च गरिएको उहाले बताउनुभयो । 

बालगृह संचालनलाई आयश्रोत होस भन्ने उद्धेश्यले जिल्ला प्रशासनले २०६० देखि नागरिकता फारम र प्रतिलिपी फारम विक्री गर्न बालगृहलाई अनुमति दिएको थियो । सोहि अनुसार १० रुपैयाको फारम ४० मा विक्री गरिन्छ भने प्रतिलिपीको लागत २ रुपैया र त्यसको पनि ४० मुल्य छ ।

फारम विक्रीको रकममा पनि अनियमितता हुने गरेको बालमन्दिर श्रोतकै दाबी छ । बालगृह प्रशासन र संचालकले निकै चलाखी ढंगबाट नागरिकता फारम विक्रीको रकम कुम्ल्याउने गरेका छन् । श्रोतका अनुसार नागरिकता फारम विक्रीको रसिद दिनुपर्ने हुन्छ तर विक्री कर्मचारीले टाठाबाठालाई रसिद दिने र अरुलाई दिदैनन् । रसिद नकाटेका फारम विक्रीको रकम सिधै व्यक्तिको गोजीमा जान्छ । जसबाट व्यवस्थापनले संचालकहरुलाई मिलाउछन ।

उत्त कार्य सुरक्षित र व्यवस्थि तगर्नका लागि बालगृह संचालकहरुले आफ्ना विश्वासिला कर्मचारी सुरेश शर्मालाई राखेका छन् । शर्माको २०७१ सालमा उमेर हदले अनिवार्य अवकाश भएपनि पुनः विना प्रक्रिया करारमा नियुक्त गरि नागरिकता फारम विक्रीमा राखिएको छ । फारम बढि छाप्ने र विक्री कम हुने अर्को प्रमाण छपाई खर्च र नागरिकता आम्दानी बाट पनि प्रष्ट हुन्छ । फारम छपाईमा २ लाख ७५ हजार खर्च गरिएको छ भने ९ महिनामा जम्मा ५ लाख ५० हजारको फारम विक्री गरिएको छ । उक्त रकमबाट ३० हजार बढि फारम छपाई गर्न सकिने बाबा छापाखानाले जानकारी दिएको छ । 

बालगृह आफैमा सबैले सोचे जस्तो विपन्न पनि नरहेको कपिलवस्तुबासीहरु बताउछन् । सदरमुकामको मुटु प्रशासन चोकमै संस्थाको ३३ वटा व्यवसायिक सटर छ । जुन निर्माण गर्दा व्यापारीबाटै प्रति सटर ४ लाख डिपोडिट रकम लिएर गरिएको थियो भने त्यसमा ३ लाख मात्र मान्य हुने र १ लाख बालमन्दिरलाई सहयोग हो । बालगृहका २१ वटा सटर संचालनमा छन् । एउटा सटरबाट मासिक ३ हजार ४ सय भाडा उठ्छ ।

नागरिकता फारम बाट आधिकारिक रुपमा बार्षिक १० लाख जति रकम उठ्छ । नियमित आम्दानी बाहेक बर्षेनी जिल्लाका स्थानीय सरकारले सहयोग गर्ने गरेका छन् । विभिन्न दातृ संस्था र व्यक्तिगत रुपमा दाताहरुले सहयोग गर्दछन् । बालगृहमा आउने सबै श्रोतलाई पारर्दशी र व्यवस्थित गरिए बालगृह संचालनलाई कुनै समस्या नपर्ने समिति सदस्य राजेश ज्ञवालीको भनाई छ ।

साभार प्रेश पटी

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP