Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

पैदल यात्रीको सहयात्री बन्दै मिलीजुली महिला समुह

ओमप्रकाश गुप्ता, सिसहनियाँ

कोरोना भाईरसका कारण एक महिना देखि मुलुकमा सरकारले लकडाउनको घोषणा गरेको छ। एक महिना बित्नै लाग्दा पनि पुर्ब बाट पश्चिम अाफ्नो गन्तव्यमा जानेहरुको लर्को कम भएको छैन।

लकडाउनमा परि भोकभोकै भएका यात्रुहरुलाई राजमार्गको ठाउँ ठाउँमा खाना खाजा खुवाउने क्रम पनि रोकिएको छैन। लगातार ३ दिन देखि लमही नगरपालिका १ र २ स्थित मिलीजुली महिला समुह पैदल यात्रीको लागि सहयात्री संस्था बनेको छ ।

महिला समुहले सयौँ यात्रुलाई खाना खुवाई रहेका छन् । बिहीबार पनि सो महिला समुहका दिदी बहिनीहरुले पुर्ब पश्चिम राजमार्गको सिगई खोलामा खाना पकाई यात्रुहरुलाई खुवाएको समुहकी सचिव शारदा भारतीले बताएकी छिन्।

वडा नम्बर २ को सहयोग र महिलाहरुको सकृयतामा यात्रुहरुलाई खाना खुवाएको बताईएको छ। बुधबार देखि खाना खान पाएका थिएनौ अाज महिलाहरुले खान दिनु भयो खुसी लाग्यो रुकुम सानोभेरी ११ का कृष्ण गहतराजले भने ।

राईनास नगरपालिका १ लमजुङमा ७ महिना अघि देखि काम मा २० जनाको टोली रुकुमबाट गएको गहतराजले बताए पुर्बबाट दाङ , सल्यान, रुकुम, बाँके ,बर्दिया, कैलाली जाने यात्रुहरुलाई खाना ती महिलाहरुले खुवाई रहेको गाउँ अगुवा लोकराज सेढाईले बताए ।

बुधबार लमही २ डोडहीका भोला चौधरीको सहयोगमा यात्रुहरुले खाना खान पाएका थिए । लगातार ३ दिन देखि खटेर खाना पकाउने खुवाउने मिलीजुली महिला समुहलाई लमही नगरपालिकाले पन्जा, सेनिटाईजर र मास्क प्रदान गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP